NSW News

७ जेष्ठ २०८१, सोमबार
ENGLISH

स्थानीयतह सदस्य निर्वाचनमा दलितसमुदायका उम्मेदवारले खेप्नुपरेका विभेद विषयमा अन्तरक्रिया सम्पन्न

स्थानीयतह सदस्य निर्वाचनमा दलितसमुदायका उम्मेदवारले खेप्नुपरेका विभेद विषयमा अन्तरक्रिया सम्पन्न

विसुनदेव सरदार
लहान/१८ भदौ ।

प्रत्येकव्यक्ति जन्मँदा स्वतन्त्ररुपमा जन्मन्छन् । विडम्बना अन्धविश्वास तथा गलत धारणा र संरचनात्मक मान्यताहरूले हाम्रो समाजमा नागरिकहरू विभेदमा पर्दै आएका छन् । जातिको आधारमा मानिसमाथि विभाजन र भेदभाव व्यक्तिगत अधिकारको गम्भीर उल्लङ्घन हो । नेपाली समाजमा यस्ता विभेदका घटनाहरू धेरै हुँदै आएको छ । त्यस्ता कतिपय घटना सार्वजनिक हुन्छन् त कतिपय घटना सार्वजनिक हुँदैनन् । जातीय पहिचानको आधारमा व्यक्तिलाई भेदभाव गर्ने कार्यले ‘तल्लो जात’ का नागरिक पीडित हुँदै आएका छन् । यस्ता घटना बर्सेनी सार्वजनिक हुनुले जातीय विभेद अन्त्यका लागि तर्कसङ्गत रूपमा सोच्न बाध्य तुल्याएको छ ।

यता गैरदलितलाई दलित जनप्रतिनिधि निर्वाचितपछि हजुरीको डरले तर्साउछ, उता, दलितपछि पारिदै गएको छ।

दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका -८ द्वारा आयोजित ३ दिने कार्यक्रमको आज दोस्रोदिन भर्खरै सम्पन्न स्थानीयतह सदस्य निर्वाचनमा दलितसमुदायका उम्मेदवारले खेप्नु परेका विभेद विषयमा करिब ४ दर्जन दलित सरोकारवाला व्यक्तित्वसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ।

योसँगै सप्तरीको खडक नगरपालिका वडा नम्बर -२ जनता समाजवादी पार्टी नेपालबाट विजयी भएका वडाअध्यक्ष हरेराम मण्डल खत्वेका अनुसार दलितलाई चुनाव जित्न अहिलेको परिपेक्षमा भारी रहेको बताए ।

गैरदलितले दलितलाई चुनावको बेलामा विभिन्न प्रलोभनबाट फकाउने प्रयत्न गरेतापनि दलितले मेरो दु:ख बुझिदिइएको खुशी व्यक्त गरेको बताए ।

अहिलेपनि दलित अपहेलित नजरियाबाटै भएकै छ।
दलितमा एकताको खाँचो छ। दलितमा एकता र चेतना आउनु अपरिहार्यको विषय छ।

दलितले अपहेलित भएकै कारण विभिन्न बाधा अड्चन आउदै गरेको जिकिर गरे

त्यसतै अर्कावक्ता दलित सरोकार मञ्च नेपालका अध्यक्ष / कार्यकारी निर्देशक मधेश प्रदेश दलित विकास समितिका सदस्य श्रीभोला पासवानका अनुसार – सप्तरीको १८ पालिकामध्ये
अहिलेपनि दलितलाई पार्टीको टिकट पाउने मुस्किल टिप्पणी गरे।

उनका अनुसार दलितको हकहितकाबारेमा समाचार लेखिएको कारण दलित पत्रकार भनेर सम्बोधन गरिएको पनि जिकिर गर्नु भएको छ।

कञ्चनरुपमा ९ हजार दलित रहेकोमा ,
३ हजार नागरिकता विहीन रहेको सुनाएका छन ।

नेपालको संदर्भमा स्थानीयतह निर्वाचनमा सुधारात्मक प्रणाली लागू हुनुपर्ने / गर्नुपर्ने आजको कार्यक्रममा आवाज उठेका छन।

चुनावमा दलितको भाउ बढाउने गरेका छन गैरदलितले । चुनाव स्वच्छ , निश्पक्ष हनुपर्छ- भन्ने भनाइ प्रति सबैको आजको कार्यक्रममा ध्यानाकर्षण भएको छ। दलितलाई निर्वाचित हुनुपर्ने आजको आवश्यकता रहेको प्रध्यापक डा. विजय प्रसाद मिश्रले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0