NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

१७२ किलो गाँजासहित एक भारतीय पक्राउ

१७२ किलो गाँजासहित एक भारतीय पक्राउ

पर्साबाट १७२ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार वीरगन्ज महानगरपालिका-२१ परवानीपुरबाट एक जना तेल ट्यांकर चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
प्रहरीले भारत उत्तरप्रदेश गाजीपुर ग्राम जिल्लाको सिहोरी वरठीका ३९ वर्षीय लालबिहारी यादवलाई गाँजासहित पक्राउ गरेको हो।
परवानीपुरमा गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।
चेकिङ गर्ने क्रममा भारतीय नम्बर प्लेटको तेल ट्यांकरलाई रोकेर प्रहरीले चेक गरेको थियो। त्यस ट्यांकरको ट्यांकी भित्र लुकाइराखेको अवस्थामा ४६ पोकामा १७२ किलो गाँझा फेला पारेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0