NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

अझै भानुचौक भनिने ठाँउमा भानुभक्तको स्मारक निर्माणमा दुई समुह बिच बिबाद

अझै भानुचौक भनिने ठाँउमा भानुभक्तको स्मारक निर्माणमा दुई समुह बिच बिबाद

जनकपुरधाम ।
मधेश केन्द्रित दलका विद्यार्थी संगठनहरु लोकतान्त्रिक विद्यार्थी संघ, समाजवादी विद्यार्थी संघ, विद्यार्थी जनमत संघ सहित चार विद्यार्थी संगठनहरुले भानुभक्तको स्मारक निर्माण गर्नु मधेश आन्दोलनको मर्म विपरीत रहेको भन्दै स्मारण शिलान्यास कार्यक्रमको विरोध गरेका छन् ।

विरोध गर्ने क्रममा लोसपाका नेता परमेश्वर साह, विनोद चौधरी, प्रमोद यादव, संजय चौधरी, मनिल महासेठ, जसपाका नेताहरु पुर्वमन्त्री ज्ञानेन्द्र यादव, पुर्व मेयर लालकिशोर साह, जितेन्द्र यादव सहित तिनका पार्टी निकट विद्यार्थी नेता र अगुवाहरुको उपस्थिती थियो । उनीहरुले मधेशी शहीद रमेश महतोको स्मारक निर्माण हुनुपर्ने माग अघि सारेका छन् ।

मधेश आन्दोलन ताका भत्काइएको जनकपुरधामको भानुचोक आदिकवि भानुभक्त आचार्यको स्मारक पुनः निर्माणका लागि शिलान्यास गर्दा मधेशवादी दलहरूले विरोध जनाएका छन् ।

जानकी नवमीको अवसरमा शनिबार जनकपुरधाम उपमहानगरपालिकाले सो स्मारकको शिलान्यास गर्दा मधेश केन्द्रित दलका कार्यकर्ताहरूले त्यसको विरोध गरेका हुन् । विरोधका बीच जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साहले स्मारकको शिलान्यास गरे ।

लामो समयदेखि त्यहाँ आदिकवि भानुभक्तको स्मारक रहेको र यहाँका जनजनमा आदिकवि भानुभक्त सम्मान रहेको र उनले पहिलोपटक नेपाली भाषामा रामायणको अनुवाद गरेकोले धार्मिक नगरी जनकपुरधाममा उनको स्मारक रहनुपर्ने भन्दै मेयर साहले स्मारक बनाउनुपर्ने बताए । सो स्मारक निर्माणका लागि उपमहानगरपालिकाले २० लाख वजेट विनियोजन गरेको उनले बताए ।

यता, मधेश केन्द्रित दल जसपा, लोसपा तथा जनमतका कार्यकताहरूले मधेश आन्दोलनमा सो स्मारक भत्काई शहीद रमेश महतो स्मारक नामकरण गरिएको भन्दै सोही स्मारकको निर्माण हुनुपर्ने माग गरेका छन् । जसपाका नेता जीतेन्द्र यादवले भने, ‘आदिकवि भानुभक्त हामी सबैको लागि सम्मानित हो, तर मधेश आन्दोलनको क्रममा नामाकरण गरिएकोलाई अहिले हटाएर पुनः पुरानोलाई स्थापित गर्नु मधेश आन्दोलनको अपमान हो ।’

मेयर साहले स्मारक निर्माणमा विवाद भएपछि आइतबारका लागि सार्वदलीय बैठक बोलाएका छन् । सोही बैठकको निर्णयअनुसार निर्माण कार्य अगाडि बढाउने उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0