NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

चमार कल्याण समाजद्धारा एक नेपालीलाई थुनामुक्तगरि स्वदेश फिर्ता पठाए

चमार कल्याण समाजद्धारा एक नेपालीलाई थुनामुक्तगरि स्वदेश फिर्ता पठाए

लहान, १२ माघ ।
सिराहाको मिर्चैया नगरपालिका वडा नम्बर- ७ फुलवरीया गाउँका ३९ बर्षिय श्रीदेव मोची चमारलाई चमार कल्यण समाज मलेसिया शाखाले थुनामुक्त गराई विहिवार स्वदेश फर्किएको हो । समार समाज कल्याणका महासचिव रामकिशोर महरा चमारका अनुसार श्रीदेव गैरकानुनी रुपमा बसोबास गरिरहेको अवस्थामा मलेसियाको अध्ययागमन विभागले छापा मार्दा पक्राउ गरि जेल पठाएको थियो । श्रीदेव जेल गएपछि परिवारहरुको सम्पर्कमा नआएपछि आँफुहरुलाई उहाँकी श्रीमतीले खोजतलासका लागि निवेदन दिएको र आँफुहरु श्रीदेवको खोजी कार्य गर्दा प्रहरीले जेलमा राखेको खबर पाएको महासचिव महराले बताए । वहाँका अनुसार आँफुहरुले पिडित श्रीदेव मोची चमारलाई जेलबाट रिहा गराउनका लागि स्थानिय प्रहरी, जेल प्रशासन , नेपाली राजदुतावास मलेसियासँग लामो समन्वय गरेपश्चाप्त स्वदेश पठाउन सफल भएको समाजका नीति अनुसन्धान विभाग प्रमुख रामबाबु चमारले जानकारी दिए ।

यता, रामबाबुका अनुसार श्रीदेव नेपालको कोशी ईन्टरनेशनल सर्विस प्रा.लि. काठमाडौंको म्यनपावरबाट सन २०१९ सालमा एसटिएस अलबराकहा कम्पनीमा लेवरको काम गर्न आएको जानाकारी दिए। नेपालबाट लाखौ रुपैया लगानी गरेर विदेश श्रम गर्न गएका श्रीदेव कम्पनीकै लापरवाहीका कारण ईलिगल गैरकानुनी भएर कार्य गर्दै आईरहेको सिडब्लुएस मलेसिया शाखाका संयोजक नन्दलाल राम चमारले बताए । संयोजक नन्दलालले श्रीदेव मोचीलाई उद्दारका लागि आफुहरुको सारा टिमका सदस्य देखि लिएर सबै पदाधिकारीहरु मिलेर चन्दा जुटाएर टिकट लगाएत अन्य सबैको ब्यवस्था गरेको जानकारी दिनुभयो । उहाँलाई उद्दारका लागि सिडब्लुएस मलेसिया शाखाका सहसंयोजक विनोद महरा चमार, कोषाध्यक्ष रामदियाल चमार, सचिव सुरेश राम चमार लगाएत सारा पदाधिकारीहरुले मिलेर सहयोग गरेका थिए ।
प्रवासी देश मलेसियामा श्रमिकहरुको उद्दार कार्यका लागि आफु नेपाली राजदुवाताससगं सहकार्य गरिरहेको र हरेक कार्यमा दुतावासका सम्पुर्ण परिवार लगाएतले आफुहरुको हरेक समस्याको समाधान गरिरहेको भन्दै समाजका महासचिव रामकिशोर महरा चमारले विशेष अभार ब्यक्त गर्नुभएको छ ।

साथै प्रत्यक्ष,अप्रत्यक्ष सहयोग पुर्याउनु
हुने चमार कल्याणको सिङ्गो टिमसबै लाई धन्यवाद ज्ञापन गर्द्छौ। समस्यामा परेका पिडित लाई २५ जनवरी २०२४ मा मलेसिया ऐरलाइन्सको बिहानको उडान मार्फत नेपाल पठाइयो। हामीलाई प्राप्त जनकारी अनुसार भर्खर वहाँ स-कुसल त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1