NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

बागलुङमा प्रहरी आतंक, पत्रकारमाथि आक्रमण

बागलुङमा प्रहरी आतंक, पत्रकारमाथि आक्रमण

बागलुङ ।
नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथि प्रहरीले गरेको आग्रमण गरेपछि महासंघसहित विभिन्न पत्रकार संगठनहरुले भर्त्सना गरेको छ । सातौँ बागलुङ महोत्सवको ११ औँ दिन शनिबार राति प्रहरीको आक्रमणबाट राना घाइते हुनुभएका रानाको हात र शरीरका विभिन्न अंगलमा निलडाम बसेका छन् ।

प्रहरीले महोत्सवमा सहभागी भएर फर्किदै गरेका नागरिकमाथि निमर्म कुटपिट गरि रहेको र पत्रकार रानाले त्यसको तस्बिर र भिडियो खिच्दा उल्टै मोबाइल खोसेर उहाँलाई लाठी प्रहार गरेको थियो । नेपाल पत्रकार महासंघ बागलुङ, नेपाल प्रेस युनियन बागलुङ र प्रेस चौतारी नेपालले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन् ।

महासंघ र संगठनहरुले रानामाथि ज्यादती गर्ने प्रहरीमाथि कारबाही र उहाँको निःशुल्क उपचार गर्न माग गरेका छन् । पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै लेखिएको देशमा यस्तो घटना हुनु निन्दनीय बताउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन संगठनहरुले आग्रहसमेत गरेको छ । प्रहरीले रानासहित अन्य कयौँ नागरिकलाई निर्मम कुटपिट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0