NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

यात्रुलाई बढी भाडा लिने र हैरानी गर्ने १० जना विचौलिया पक्राउ

यात्रुलाई बढी भाडा लिने र हैरानी गर्ने १० जना विचौलिया पक्राउ

काठमाडौं । काठमाडौंको बल्खुस्थित टाटासुमो काउण्टरबाट प्रहरीले १० जना विचौलियालाई पक्राउ गरेको छ । यात्रुलाई बढी भाडा लिएको र हैरानी गरेको आरोपमा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सिन्धुली घर भएका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ,भारतीय नागरिक २९ वर्षीय राकेशकुमार श्रीवास्तव, कैलाली घर भएका २१ वर्षीय राजु थापा र रौतहट घर भएका २९ वर्षीय आकाश तामाङ छन् ।
आरोपीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0