NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

लागूऔषध मुद्दामा नेपाल प्रहरीकै वरिष्ठ हवल्दार पक्राउ

लागूऔषध मुद्दामा नेपाल प्रहरीकै वरिष्ठ हवल्दार पक्राउ

सर्लाही । सर्लाहीमा लागूऔषध मुद्दामा नेपाल प्रहरीकै वरिष्ठ हवल्दार पक्राउ परेका छन् ।
प्रहरीले बरामद ठूलो मात्रामा लागूऔषध बरामद गरेकोमाप्रहरीकै संलग्नता देखिएको छ । संलग्नता देखिएपछि ती प्रहरीलाई समातेर प्रहरीले अन्य अनुसन्धानलाई अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोधकुमार सिंहको बरामद भएको लागूऔषधमा संलग्नता देखिएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले बताए ।
बिहीबार लालबन्दी नगरपालिका १ नवलपुरस्थित उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स सय एमएलको ४४६ पिस र विनसिरेक्स सय एमएलको १५३ बोतल बरामद भएको थियो ।
उक्त लागूऔषधमा वरिष्ठ हबल्दार सिंहकै संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान सुरू गरिएको प्रवक्ता बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0