NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

लागूऔषध नाईट्रोभेट ६०० ट्याब्लेट, डाईजेपाम ९३० एम्पुलसहित दुई जनालाई पक्राउ

लागूऔषध नाईट्रोभेट ६०० ट्याब्लेट, डाईजेपाम ९३० एम्पुलसहित दुई जनालाई पक्राउ

मकवानपुर — मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्रोभेट ६०० ट्याब्लेट, डाईजेपाम ९३० एम्पुल र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ८४२५ नम्बरको बसलाई जाँच गर्ने क्रममा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए ।
उनका अनुसार लागूऔषधसहित बसमा सवार मोरङ विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्सा वीरगन्ज बस्ने २२ वर्षीय रञ्जित शर्मालाई पक्राउ गरेको थियो । बसमा २० किलोको चामलको बोरामा लुकाई ल्याएको लागूऔषध डाईजेपाम ३१० एम्पुल, फेनरागन ३१० एम्पुल, नुर्फिन ३१० एम्पुलसहित जम्मा ९३० एम्पुल र नाईट्राभेट ६०० ट्याब्लेट बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0