NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

समाज

सलाम छ यो जोडीलाई ।।

सलाम छ यो जोडीलाई ।।

जनजाति, समाज
बाल विवाह एबम् दाइजो उन्मूलन अभियानको दाइजो अन्त्यको आन्दोलनमा सफलताको एउटा अर्को उदाहरणीय कदम "दाइजो नलिइकन विवाह गर्ने साहसी निर्णय " कंचनरुप नगरपालिका,सिमरा,सप्तरी निवासी पारस प्रसाद माझीले सप्तकोशी नगरपालिका,भगनी,मलेठ,सप्तरी निवासी अस्मिता खड्कासंग बिना दाइजो विवाह बन्धनमा बाँधिने छन् । अभियानको तर्फबाट हार्दिक बधाई तथा शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामनाको साथै बाल विवाह एबम् दाइजो उन्मूलन अभियान परिवार सलाम गर्दछ ।...
दाइजो नदिएको झोकमा  आमा छोरीको हत्या

दाइजो नदिएको झोकमा आमा छोरीको हत्या

ताजा समाचार, देश, मधेश प्रदेश, समाज
राैतहट । रौतहटमा दाइजो नदिएको झोकमा आमा छोरीको हत्या गरेको मृत्कका माईती पक्षले दाबी गरेका छन् । राैतहट जिल्ला माैलापुर नगरपालिका वडा नम्बर- ४ पताैरामा २४ वर्षिया महिला र २ वर्षको वालिका मृत फेला परेका छन । २४ वर्षिया माला भन्ने कविता देवी र उनका २ वर्षिया छोरी आरुही कुमारी घर कै पंखामा झुन्डिएको अवस्थामा फेला परेको हो । दाईजो नदिएको झोकमा सम्पूर्ण परिवारको मिलोमतोमा आमा- छोरीलाई मारेर झुन्डाएको मृत्कका माईती पक्षको आरोप छ। श्रीमान धिरेन्द्र साहबाट कहिले नगद कहिले पलङ्ग, कहिले सुनकाेऔठि र सिकडि माग हुदै दुबै जना बिच पटक- पटक बिवाद हुदै आएको थियो। मालालाई दाईजो कै निहुमा कुटपिट लगायत अपमान जनक व्यवहार हुदै आएको थियो । दहेजमा थप नगद सिकडी, औंठी नदिएको रिसमा आगो समेत लगाई निर्मम तरिकाले हत्या गरेको र हत्या गरी ससुरा नागेन्द्र प्रसाद साह, पति धिरेन्द्र साह तथा मृतककी सास...
ग्रीनकार्ड होल्डरले ५० लाख दाइजो मागेपछि…………

ग्रीनकार्ड होल्डरले ५० लाख दाइजो मागेपछि…………

देश, समाज
काठमाडौं । काठमाडौंको नक्सालमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन्। मंगलबार दिउँसो २ बजे नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुलालाई प्रहरीले पक्राउ गरेको हो। सुनसरी घर भएका ३२ वर्षीय अनुराग रौनियारलाई पक्राउ गरेको हो । उनी अमेरिकाको ग्रीन कार्ड होल्डर हुन्।बेहुला पक्षले मागेको दाइजो नपाएको भनी दुई पक्षबीच विवाद भएको सूचनाका आधारमा प्रहरीले रौनियारलाई पक्राउ गरेको हो। ५० लाख रुपैयाँ दाइजो नपाए विवाह नगर्ने अडान बेहुला पक्षले लिएपछि घटना प्रहरीसमक्ष पुगेको हो। मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेइज्जती गरेको आरोप केटी पक्षको छ। विवाह खर्च बापत केटा पक्षले पटकपटक गरी २२ लाख रुपैयाँ बुझिसकेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। रौनियारलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ।...
पछाडि पारिएका समुदायको अधिकार रक्षाका लागि सबै मिलेर लाग्नुपर्ने : सामाजिक अभियानता रवि ठाकुर

पछाडि पारिएका समुदायको अधिकार रक्षाका लागि सबै मिलेर लाग्नुपर्ने : सामाजिक अभियानता रवि ठाकुर

ताजा समाचार, देश, समाचार, समाज
लुम्बिनी । दाङको लमहीमा आयोजित दलित तथा आदिवासी जनजाति गैरसरकारी संस्थाहरुको क्षमता अभिवृद्धिसम्बन्धि तालिमको समापन कार्यक्रममा बोल्दै पछाडि पारिएका समुदायको अधिकार रक्षाका लागि सबै मिलेर लाग्नुपर्ने ठाकुरले बताएका छन् । उनले लैंगिक समानता तथा सामाजिक समावेशी नीति समेत बन्न नसकेको अवस्था र मानवअधिकार समिति गठन नभएको स्थानीय तहलाई दबाब दिन आग्रह गरेका हुन् । दाङको लमहीमा आयोजित दलित तथा आदिवासी जनजाति गैरसरकारी संस्थाहरुको क्षमता अभिवृद्धिसम्बन्धि तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा मधेश मानव अधिकार गृह (माहुरी होम) का संस्थापक अध्यक्षअभियानकर्ता ठाकुरले भने, ‘स्थानीय तहहरुलाई तपाईहरुले जगाउनुपर्ने बेला आएको छ ।’ उनले जनसंख्याको अनुपातमा बजेट बिनियोजन गर्न दबाब दिन आग्रह गरे । कार्यक्रममा सामाजिक अभियन्ता तथा दलित अधिकार मंचका निर्मल नेपालीले संविधान कार्या...
विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही : मेयर बालेन्द्र साह (बालेन)

विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही : मेयर बालेन्द्र साह (बालेन)

ताजा समाचार, देश, राजनीति, समाचार, समाज
काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ । अनुगमनका क्रममा यस प्रकारका कार्यक्रम संचालन गरेको भेटिएमा वा प्रमाण पुगेमा प्रधानाध्यापकलाई विभागीय कार्यवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ । सूचनामा महानगरका केही विद्यालयमा प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र त्यसका भातृ संगठनका कार्यक्रमहरु सञ्चालन गरेको सप्रमाण उजूरी प्राप्त भएको भन्दै ध्यानाकर्षण भएको समेत जनाएको छ ।...
काठमाडौं महानगरलाई नदी-किनारका बस्ती हटाउन बाटो खुला : उच्च अदालत पाटन

काठमाडौं महानगरलाई नदी-किनारका बस्ती हटाउन बाटो खुला : उच्च अदालत पाटन

वागमती, समाचार, समाज
काठमाडौं । सुकुम्बासी बस्ती खाली गर्न भन्दै काठमाडौं महानगरपालिकाले जारी गरेको सूचना कार्यान्वयन नगर्न माग गरिएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश गर्न अस्वीकार गरेको छ । न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको इजलासले यस्तो आदेश गरेको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । तर बस्तीका नागरिकलाई विकल्प दिनुपर्ने कुरा पनि आदेशमा भएको उनले बताए । ‘लिखित आदेश आइसकेको छैन । काठमाडौंका नदी-किनारका बस्ती हटाउन भन्दै जारी गरिएको सूचना कार्यान्वयन नगर्नू भन्ने आदेश भने इजलासले नदिने भएको छ, उनले भने, उक्त सूचना कार्यान्वयन गर्दा बस्तीका नागरिकलाई विकल्प दिनुपर्ने उल्लेख गर्दै आदेश भएको छ । जानुका पोखरेल लगायतले महानगरको सूचना कार्यान्वयन नगर्न आदेश माग्दै दिएको रिटमा यसअघि एकल इजलासले अल्परकालीन अन्तरिम आदेश गरेको थियो । यसअघि दिएको अल्पकालीन आदेश बदर गर्दै...
काठमाडौंका सबै ठाउँमा सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौंका सबै ठाउँमा सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग

समाचार, समाज
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँमा सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढदै गईरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सिसीटिभी जडान गर्नुपर्ने बताएका हुन् ।बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनहदाडै हत्या भएको ७ दिन बित्दा लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोश समेत व्यक्त गरे । उनले भने, ‘छुरी प्रहार गरेर हत्या भएको ७ दिन भयो । प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनु भएको छ । तर उहाँहरुले ठोस जवाफ पाउनु भएको छैन । आज संयोगले माननीय गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ । म आग्रह गर्न चाह...
दाइजो नदिएको निहुँमा श्रीमतीलाई जलाएर हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ ।

दाइजो नदिएको निहुँमा श्रीमतीलाई जलाएर हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ ।

ताजा समाचार, देश, मधेश प्रदेश, समाचार, समाज
धनुषा । धनुषामा दाइजो नदिएको निहुँमा श्रीमतीलाई जलाएर हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका २० देवपुराटोलका राजीवकुमार झालाई प्रहरीले पक्राउ गरेको हो । गत वैशाख १ गते दिउँसो राजीवले परिवारका सदस्यको सहयोगमा पत्नी २८ वर्षीया श्वेता झालाई घरायसी विवादको कारण आगो लगाइ हत्या प्रयास गरेको आरोप छ । आगोले जलेर गम्भीर घाइते भएकी श्वेताको जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । विवाहमा दिने कबोल गरेको तीन तोला सुन दाइजो नदिएको भन्दै स्वेता र राजीवबीच झगडा र वादविवाद रहेको माइतीपक्षको भनाइ छ । अन्तमा ज्यानै लिने मनसायले आगो लगाएको भन्दै माइती पक्षले ज्यान मार्ने उद्योगमा श्रीमान, सासु र देवरविरुद्ध किटानी जाहेरी दिएको छ । जाहेरी पश्चात श्रीमान राजीवलाई पक्राउ गरी ज्यानमार्ने उद्योगमा अनुसन्धानका लागि हिरासतमा लिन जिल्ला अदालत धनुषाबाट अनुमति ल...
दलित ‘चमार’ समुदायमाथि विभेद : छुवाछुत मानेर महायज्ञमा गर्न दिएन प्रवेश ।

दलित ‘चमार’ समुदायमाथि विभेद : छुवाछुत मानेर महायज्ञमा गर्न दिएन प्रवेश ।

मधेश प्रदेश, समाचार, समाज
बारा । बारामा भइरहेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेशमा रोक लगाइएको छ । सुवर्ण गाउँपालिका वडा नम्बर १ स्थित घुसुकपुरमा गत चैत २६ गतेदेखि वैशाख ५ गतेसम्म पूजापाठ हुने गरी आयोजना गरिएको महायज्ञमा स्थानीय चमार समुदायलाई छुवाछुत मानेर प्रवेश गर्न दिइएको छैन। स्थानीयका अनुसार कलश यात्रामा चमार समुदायकी महिला तथा युवती सहभागी हुन निकै प्रयास गरेका थिए। तर छोइने भन्दै कथित उच्च जातका व्यक्तिले कुनै हालतमा पूजामा सहभागी हुन नदिने अडान लिएपछि उनीहरू पछि हटे। 'अरू बेला काम लाग्दा हाम्रो हरेक कुरा चल्छ तर महायज्ञमा छोइन्छ भन्यो। हामी पनि कलश भर्छौं, पूजा गर्छौं भनेका थियौं। तर उच्च जातका भन्नेहरूले भित्र पस्यौ भने घिसारेर कुट्छु भनेर धम्की दिए। घरसँगै टाँसिएर महायज्ञ हुँदैछ। बालबच्चाले पूजा गर्न नपाएर रोइराख्छ तर के गर्ने हामी? वडाध्यक्ष, मेयर सबैलाई भन्यौं, कसैले हाम्रो कु...
रामदेव मरिकको परिवारलाई इन्चार्ज ऋषिकेश ठाकुरले गरे आर्थिक सहयोग

रामदेव मरिकको परिवारलाई इन्चार्ज ऋषिकेश ठाकुरले गरे आर्थिक सहयोग

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, समाचार, समाज
चन्दन रजक राजबिराज माघ १२ । जनमत पार्टीको क्षेत्र नं २ को क्षेत्रीय इन्चार्ज ऋषिकेश ठाकुरले सप्तरीको छिन्नमस्ता गाउँपालिका _२ का ४५ वर्षीय रामदेव मरिक डोम रुखमा झुन्डिएर आत्महतिया गरेरको हो। रामदेव मरिककाे परिवारलाई आर्थिक सहयोग गरेका छन् । सोमबार राति खाना खाएर सुतेका उनी घरभन्दा करिब ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। परिवारका अनुसार दुईवटा सहकारी संस्थाबाट गरी एक लाख रुपैयाँ ऋण लिएका उनी किस्ता तिर्न नसक्दा तनावमा थिए। उहाँले पिडित उर्मिला देवी मरिककाे बैंक खाता नम्बर र चेक उपलब्ध गराइ परिवार बचाउनका लागि आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । मंगलवार विहान क्षेत्रीय इन्चार्ज ऋषिकेश ठाकुरले मृतक मरिकको परिवारलाई ३३०० तीन हजार तिन सय रुपैयाँ पिडित परिवारलाई सानो राहत हुन सकोस भन्ने आशा तथा समवेदना राख्दै सहयोग गरेका हुन् । उनले मं...