NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

अर्थ

ग्लोबल आइएमई बैंक  र बैंक अफ काठमाण्डू लिमिटेडबीच बिग मर्जर

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडबीच बिग मर्जर

अर्थ, वागमती, शेयर बजार, समाचार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भयो । ठूला बैंकहरूबीच भएको यो समझदारीले अर्को ‘बिग मर्जर’को ढोका खुलेको छ ।समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरे ।मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ‘ग्लोबल आइएमई बिओके लिमिटेड’ हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट सिफारिस भई आउने स्वा...
नेप्से घेराउ गर्न जादा  लगानीकर्ता माथि प्रहरीद्वारा हस्तक्षेप, लगानीकर्ताका संघसंगठनले गरे भर्त्सना, पक्राउ परेकाहरुलाई बिनासर्त रिहा गर्न माग

नेप्से घेराउ गर्न जादा लगानीकर्ता माथि प्रहरीद्वारा हस्तक्षेप, लगानीकर्ताका संघसंगठनले गरे भर्त्सना, पक्राउ परेकाहरुलाई बिनासर्त रिहा गर्न माग

अर्थ, ताजा समाचार, देश, वागमती, शेयर बजार, समाचार
काठमाण्डौ । लगानीकर्ताका संघसंगठनले पुँजीबजार सुधार र विकासका लागि आन्दोलन सुरु गरेका लगानीकर्ताहरुमाथि प्रहरीले गरेको हस्तक्षेपको भर्त्सना गरेका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) घेराउ गर्ने क्रममा लगानीकर्ताहरुमाथि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले संघर्ष समितिका संयोजक तिलक कोइरालासहित ५ जनालाई पक्राउ पनि गरेको छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघले संयुक्त विज्ञप्ति निकालेर भर्त्सना गरेका हुन्। फोरम अध्यक्ष तुलसीराम ढकाल र संघका अध्यक्ष उत्तम अर्यालद्वारा जारी विज्ञप्तिमा राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजारलाई संकुचित पार्ने विभिन्न बुँदाहरु राखेको र अप्रकृतिक रुपमा पुँजीबजारलाई प्रभावित पारेको उल्लेख छ। यिनै नीतिविरुद्ध आज नेप्से प्राँगणमा भएको शान्तिपूर्ण आन्दोलनमा प...
पृथ्वी शाह नक्कली नोटदेखि १४ करोडसम्म…

पृथ्वी शाह नक्कली नोटदेखि १४ करोडसम्म…

अर्थ, वागमती, समाचार
काठमाडौं । ठिक पाँच वर्षअघि सुरक्षा निकाय निर्वाचनमा केन्द्रित थियो । ३१ वैशाख २०७४ मा पहिलो चरणको स्थानीय तह निर्वाचन भएको थियो । सुरक्षा निकाय निर्वाचनमा केन्द्रित भएको मौका छोपेर एक समूह भने भारु तस्करीमा सक्रिय थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले त्यतिबेला २ करोड १४ लाख भारुसहित त्यस्तो गिरोहलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक थिए अछामका पृथ्वीबहादुर शाह । उनै शाह यतिबेला कालोधनका कारण चर्चामा छन् । उनकै शंकास्पद पैसा छुटाउन नमान्दा यतिबेला गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् भने, सरकारले चर्काे आलोचना खेपिरहेको छ । पाँच वर्षअघि काठमाडौं महानगरपालिका ८ वडाको विनायक नगर कुमारीगालमा रहेको कमला भण्डारीको डेरा र तिलगंगाको होटल अगाडि रोकेको गाडीमा सिआइबीले अवैध भारु बरामद गरेको थियो । शाहसहित त्यतिबेला कमला भण्डारी, मोरङका दिलिपकुमार लाल, मेघबहादुर थ...
कामना सेवा बैंक डेढ करोड घोटाला प्रकरण : किर्ते कागजात रुजु गर्नेलाई उन्मुक्ति, सोझा ६१ बृद्धलाई मुद्दा !

कामना सेवा बैंक डेढ करोड घोटाला प्रकरण : किर्ते कागजात रुजु गर्नेलाई उन्मुक्ति, सोझा ६१ बृद्धलाई मुद्दा !

अर्थ, देश, समाचार
काठमाडौं । किर्ते कागजातका आधारमा करोडौँ ऋण कर्जा वितरण गरेको कामना सेवा विकास बैंकले आफ्ना उच्च तहका कर्मचारीलाई उन्मुक्ति दिएर ६१ वर्षे बृद्धलाई हिरासत पठाएको छ । झापामा रहेको बैंकको दमक शाखाबाट प्रवाह भएको एक करोड ५० लाख ऋणको विषय यतिबेला प्रहरी हुँदै सरकारी वकिल मार्फत जिल्ला अदालत झापा सम्म पुगेको छ । तर, प्रहरीले बैंकका उच्च अधिकारीलाई उन्मुक्ति दिएर सोझा बृद्धलाई मुद्दा लगाएको हो । मोरङको उर्लाबारी नगरपालिका ५ घर भएका ६१ वर्षिय प्रेम कुमार तामाङका छोरा प्रकाश लामाले दमक झापाको नगरपालिका ५ मा छिरिङ ईन्टर प्राइजेज नामक कम्पनि खोलेका थिए । बुलेट बाइकको कारोबार गर्ने उद्देश्यले खोलेको उक्त कम्पनिले थप ‘ग्रोथ’ गर्नका लागि कामना सेवा विकास बैंकबाट ऋण लिने प्रक्रिया शुरु गर्यो । उर्लाबारी ५ मै रहको कित्ता नम्बर ३४ र २९१ मा रहेको घर तथा जग्गा धितो राखेर बैंकबााट ऋण लिने उनीहरुको तयारी थ...
महोत्तरीमा स्रोत नखुलेको ५५ लाख रुपैयाँ सहित दुईजना प्रहरीको फन्दाम

महोत्तरीमा स्रोत नखुलेको ५५ लाख रुपैयाँ सहित दुईजना प्रहरीको फन्दाम

अर्थ, ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, समाचार
चैत १३ गते । जनकपुरधाम :मधेस प्रदेशको महोत्तरीमा स्रोत नखुलेको ५५ लाख रुपैयाँ सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएका छन् । पक्राउ पर्नेमा औरही नगरपालिका वडा नं. २ का २१ वर्षीय धिरज कुमार यादव र १८ वर्षीय रमेश कुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकि औरहीबाट खटेको प्रहरीको संयुक्त टोलीले आइतवार विहान करिब पौने १० बजे औरही–१, औरही स्थित बर्दिबास–जलेश्वर सण्डमा ५५ लाख रकम सहित पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । ज ९ प ८२४७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद गरिएको हो । पक्राउ परेका दुबैजना सहित रकमलाई आबश्यक कारबाहीको लागी भन्सार कार्यालय जलेश्वर पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।...
स्थानीय तह निर्वाचनका ८ अर्ब ९५ करोड बजेट स्वीकृत

स्थानीय तह निर्वाचनका ८ अर्ब ९५ करोड बजेट स्वीकृत

अर्थ, देश, राजनीति, समाचार
फागुन १० काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको आजको बैठकले विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरी मितव्ययी निर्वाचन गराउने अठोटका साथ निर्वाचन बजेट स्वीकृत गरेको हो । मतदाता शिक्षा, सवारी साधन खरिद, कोभिडका लागि आँकलन गरिएको खर्च तथा कर्मचारीलाई उपलब्ध गराइँदै आएको मासिक भत्तामा ठूलो रकम कटौती गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । आगामी वैशाख ३० गते देशभरका ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदै छ । विगतका निर्वाचनको समयका तुलनामा अहिले कर्मचारीको करिब ४० प्रतिशत तलब र भत्ता वृद्धि भएको, पाँच वर्षको अवधिमा बजार मूल्य झन्डै ४० प्रतिशतले बढेको तथा मतदाता सङ्ख्यासमेत करिब ३८ लाख मतदाता सङ्ख्या बढेको छ । मतदाता सङ्ख्या वृद्धि भएसँगै आगामी निर्वाचनमा विगतका त...
कैलालीमा स्रोत नखुलेको लाखौ रकम सहित एक भारतीय प्रहरीको नियन्त्रणमा

कैलालीमा स्रोत नखुलेको लाखौ रकम सहित एक भारतीय प्रहरीको नियन्त्रणमा

अर्थ, समाचार
  पुस ८ गते । काठमाण्डौ  : कैलालीमा स्रोत नखुलेको लाखौ नेपाली रकम सहित एक जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिइएका हुन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नं.०२ त्रिनगर भन्सार स्थित भारत गौरिफन्टा हुदै धनगढी तर्फ आई रहेको भारत उत्तरप्रदेश लखिमपुर खिरी बस्ने निरज राजपुतले अठार लाख सत्ताईस हजार सहित प्रहरीले नियन्त्रणमा लिइएका छन्् । राजपुतलाई थप अनुसन्धानको लागी कैलाली भन्सार कार्यालय पठाएको प्रहरीको जनाइएको छ ।...
विद्युत महशुलको मुल्य आजबाट घट्यो , २० युनिटसम्म शुल्क ३० रुपैयाँ मात्र

विद्युत महशुलको मुल्य आजबाट घट्यो , २० युनिटसम्म शुल्क ३० रुपैयाँ मात्र

अर्थ, देश, समाचार
  मंसिर १ गते काठमाडौं : विद्युतमा आजदेखि नयाँ महसुल दर लागू भएको छ । २० युनिटसम्म इनर्जी शुल्क नलाग्ने भएको हो । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरे अनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महशुल दर लागू भएका हुन् । नयाँ महशुल दर पुस महिनाको बिलिङबाट कार्यान्वयन हुने प्राधिकरणले बताएको छ । नयाँ विद्युत महशुल दर अनुसार विपन्न मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क लाग्दैन । यी ग्राहकलाई न्युनतम मासिक शुल्क ३० रुपैयाँ शुल्क तोकिएको छ । २० युनिट विद्युत खपत ग्राहक नेपालमा करिब २२ लाख रहेका छन् । २२ लाख ग्राहकले अब प्रतिमहिना ३० रुपैयाँ शुल्क तिरे हुने भएको छ । सिंगल फेजबाट विद्युत लिएर १ सय ५१ देखि २ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम भएको छ । ४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उप...
मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट

मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट

अर्थ, शेयर बजार
२६ साउन, काठमाडौं : मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो । स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।.. ...
अदालतले जे गर्‍यो त्यसको मूल्यांकन होला : ओली

अदालतले जे गर्‍यो त्यसको मूल्यांकन होला : ओली

अन्तराष्ट्रिय खबर, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार
२६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् । ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन पाउँदैन’ उनले भने । प्रमुख विपक्षी दलका नेता ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गरे । सर्वोच्च अदालतले संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै संसद पुनर्स्थापना गरिदिएको थियो । त्यस्तै धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावी वैधानिक रहेको भन्दै अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका ना...