NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

अर्थ

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार, प्रवास, बुद्धिजीवी, मजदुर, राजनीति, राष्ट्रिय खबर, लेख-बिचार, लोकप्रिय, विद्यार्थी, समाचार, साहित्य र मनोरञ्जन, सूचना-प्रविधि, स्वास्थ्य
२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च शीर्षक तय नगरी रकम ‘अवण्डा’मा राखेकाले राजनीतिक स्वार्थमा अझ बढी रकम वितरण हुने खतरा छ । आगामी वैशाखसम्ममा स्थानीय तह निर्वाचन हुने भएकाले पनि बजेटमै दल निकटका प्रतिष्ठानलाई ‘कार्यक्रम अनुदान’का रूपमा ठूलो रकम दिइएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले ‘आर्थिक तयारी’ आव २०७४/७५ बाटै थालेका हुन् । पैसा बाँड्ने विषयमा कार्यपालिका र नगरसभामा कुनै पनि जनप्रतिनिधिबाट फरक मत नसु...
सुनको मूल्य चार महिनायताकै सस्तो

सुनको मूल्य चार महिनायताकै सस्तो

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार
२५ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । जुन गत वर्षको चैत २६ अघिकै मूल्य बराबर हो । आजका लागि  तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँमा झरेको छ ।आइतबार ८९ हजार ५५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको बजार मूल्य एक हजार २२५ रुपैयाँ छ । ...
भगवान शिवको पूजा गर्दा भूलेर पनि नगर्नुहोस् यी गल्ती

भगवान शिवको पूजा गर्दा भूलेर पनि नगर्नुहोस् यी गल्ती

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार, राजनीति, लेख-बिचार
काठमाडौँ : भनिन्छ, हिन्दु धर्ममा भगवान शिवको महिमा अपरम्पार छ। शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्येका एक हुन् महादेव। महादेव, परमेश्वर आदि नामले चिनिने भगवान् शिवलाई प्रायः जसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ। चाडै नै प्रसन्न हुने भएकोले भोले बाबाको नामले परिचित शिव भगवानलाई मनपर्ने महिना साउन र मनपर्ने बार हो सोमबार। उनको पुजा गर्न साना-साना नियम पालन गर्नु अनिवार्य हुन्छ। भगवान शिवको पुजा गर्दा गल्तीले पनि शंख बजाउन नहुने शिव पुराणमा उल्लेख छ। शिवजीको पूजामा शंखको प्रयोग गर्न नमिल्ने कारण निकै रोचक छ। दैत्यराज दम्भले केहि वर्षसम्म भगवान विष्णुको कठिन तपस्या गरेर तीन लोकका लागि अजय र महापराक्रमी छोराको वरदान मागेपछि शिवजीले उक्त वरदान पूरा गरिदिए। दैत्यराज दम्भका छोरा थिए शंखचुड। उनको अत्यचारबाट सबैजना अत्तालिएका थिए। शिवको यो निर्णयबाट भगवानहरु पनि खुश...