NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

समाचार

वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा, एक अर्ब ३० करोड रुपैयाँको मुद्धा दर्ता

वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा, एक अर्ब ३० करोड रुपैयाँको मुद्धा दर्ता

गण्डकी प्रदेश, ताजा समाचार, देश, समाचार
पोखरा । वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । बागलुङमा मात्र १ अर्ब रुपैयाँ भन्दा बढी रकम हिनामिना पारेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित ११ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले साउन २ गते ठगी मुद्धा दायर गरेको थियो । ठगी मुद्धा लागेका ३ जनाबाहेक नेपाली, श्रीमती छेला नेपाली, कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, रूपा विक र झकबहादुर शाही फरार छन् । बचतकर्ताको उजुरी पछि प्रहरीले जेठ ३२ गते बुर्तिबाङ बजारबाट सञ्चालक चित्रबहादु भण्डारीलाई र असार १ गते ताराखोलाबाट कर्मच...
प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँह जहाँ गए आर्थिक लफडाको चपेटामा

प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँह जहाँ गए आर्थिक लफडाको चपेटामा

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, समाचार
विष्णुदेव सरदार/ लहान, ४ साउन । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका गाउँपालिका मध्येमा सबैभन्दा बढी बजेट पास गर्ने पालिका लक्ष्मीपुर पतारी गाउँपालिका हो । तर, जन उपेक्षित विकास कहीँ कतै देखिदैन । यसै विषयलाई लिएर नेकपा एमालेलाई आज ध्यानाकर्षण भएको छ । आज बिहीबार लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रत्यासी तथा गाउँपालिका ईन्चार्ज देव नारायण साहले आर्थिक वर्ष २०७९/०८० को खर्च विवरण मांग सहितको सुचना उपलब्ध गराउन मांग गरेको छ। यता , कमिसनखोर अशोक कुमार सिँह जहाँ गए - आर्थिक लफडा लगाउने गरेको देखिन्छ । लक्ष्मीपुर पतारी पालिका आउनु भन्दा पहिले वहाँ सिरहाको बरियारपट्टी गाउँपालिकामा प्रशासकीय अधिकृतको रुपमा गएको थियोे । तर, भ्रष्ट प्रवृत्तिका कारण त्यहाँका गाउँपालिका अध्यक्ष संतोष यादव हाजिर हुन दिएनन् । त्यतिबेला, पालिका अध्यक्षले भनेको थियोे अशोक कुमार सिँह पटकपटक अनियमितता भ्रष्टाचार...
बिँडी नदिएको निहुँमा एक जनाको हत्या

बिँडी नदिएको निहुँमा एक जनाको हत्या

ताजा समाचार, देश, मधेश प्रदेश, समाचार
सप्तरी । सप्तरीमा एक युवकले बिँडी नदिएको निहुँमा एक जनाको हत्या गरेको खुलेको छ ।सप्तरी कञ्चनरुप नगरपालिका ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागी खाने अन्दाजी ६०/६५ वर्षीय पुरुष मृतक फेला परेका थिए । उनलाई चिरपट प्रहार गरि हत्या गरिएको प्रहरीको आशंका थियो ।ईलाका प्रहरी कार्यालय कञ्चनरुपले अनुसन्धान गर्दै जाँदा उनको हत्यामा कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानको संलग्नता रहेको खुलेको प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए । मनोजलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । डिएसपी रायका अनुसार मागी खाने व्यक्ति प्रतिक्षालयमा सुती बिँडी खाइरहेको र आफूलाई पनि खान मन लागेपछि मनोजले एउटा बिडी मागेका थिए । तर मागिखाने व्यक्तिले बिडी नदिई तथानाम गाली गलौज गर्न लागेपछि आवेगमा छेउमा राहेको बाँसको लाठीले उनको टाउकोमा चार/ पाँच लाठी...
अवैध व्यवसायी आयातमा आफ्नो संलग्नता भए कानुनी सजाय भोग्न तयार छु : सुन व्यवसायी दीपक मल्होत्रा

अवैध व्यवसायी आयातमा आफ्नो संलग्नता भए कानुनी सजाय भोग्न तयार छु : सुन व्यवसायी दीपक मल्होत्रा

ताजा समाचार, देश, समाचार
काठमाडौं । अवैध सुन आयात प्रकरणमा आफ्नो नाम मुछिएपछि व्यवसायी दीपक मल्होत्राले आफ्नो संलग्नता नभएको प्रष्ट पारेका छन् । बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्। व्यवसायी मल्होत्राले भने,‘सुन आयातमा म र मेरो परिवार संलग्न छैन। मेरो साझेदार कम्पनी पनि संलग्न नरहेको स्पष्ट पार्न चाहन्छु। मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु ।’मल्होत्राले बरामद सुन र ट्याक्सीबारे आफूलाई समेत जोडेर समाचार प्रकाशित भएकोमा ती समाचारहरु भ्रामक असत्य भएको प्रष्टीकरण दिए । मल्होत्राले आफू र आफ्नो परिवारले गरेको कारोबारको कर कानुनबमोजिम सरकारलाई तिरिरहेको उल्लेख गरे।उनले सुन ल्याउने गिरोहलाई बचाउनका लागि र घटना डाइभर्ट गर्न नियोजित रुपमा आफ्नो नाम जोडिएको हुनसक्ने आशंका गरे। व्यवसायी मल्होत्राले आफू कुनै अवैध धन्दामा ...
विमानस्थल भन्सारमा थप १०० केजी सुन हुन सक्ने आशंका, सर्च अप्रेशन जारी

विमानस्थल भन्सारमा थप १०० केजी सुन हुन सक्ने आशंका, सर्च अप्रेशन जारी

ताजा समाचार, देश, समाचार
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारमा थप १०० किलो सुन हुन सक्ने भन्दै सर्च अपरेसन जारी छ। भन्सार परिसरमा अझै पनि गाडीका पार्टपुर्जा र उस्तै प्रकृतिका सामान रहेकाले उक्त सामानको परीक्षण भइरहेको छ।भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेलले उस्तै प्रकृतिका पार्टपुर्जाहरु भन्सार परिसरमा भेटिएपछि परीक्षण भइरहेको जानकारी दिए। ती पार्टपुर्जामा समेत सुन लुकाएर ल्याइएको हुन सक्ने आशंका गरिएको छ।राजस्व अनुसन्धान विभागको टोलीले बुधबार दिउँसो ३ बजे विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको थियो । एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान गरिएको अवस्थामा बिहीबार थप १०० किलो सुन हुनसक्ने आशंकामा जाँच थालिएको हो।बुधबार भेटिएको सुन हङकङबाट नेपाल ल्याइएको थियो। क्याथे प्यासिफिकको मंगलबार राति १० बजेर २ मिनेटमा अवतरण भएको जहाजबाट सुन ल्याइएको थियो । अहिले एयरपोर्ट भन्सार प्र...
लहान नगरपालिकामा नहर सफा नहुँदा दुर्गन्धित बन्दै बजारक्षेत्र

लहान नगरपालिकामा नहर सफा नहुँदा दुर्गन्धित बन्दै बजारक्षेत्र

ताजा समाचार, प्रदेश २, मधेश प्रदेश, समाचार
विसुनदेव सरदार , लहान , ३ साउन । सिराहा जिल्लाको लहान दिनानुदिन फोहोर र दुर्गन्धित बन्दै गइरहेको छ। लहान नगरपालिकाको नहर समयसमयमा सफा नगरिदा यतिबेला नहर फोहोरै फोहोरले भरिएको छ। तर, यस विषयमा नगरप्रमुख मेयर महेश प्रसाद चौधरीले कुनै किसिमको चासो देखिएको छैन । यो सँगै व्याप्त फोहोरका कारण लहान नगरपालिका भित्रका वडा, टोल , लहान बजार दुर्गन्धित बनेको अवस्था छ । असार बितिसक्दा समेत साउन पहिलो साता चलिरहँदा पनि नहरको सरसफाइमा कुनै चासो नहुनु दुखद् भएको बताउँछन् लहानका स्थानीय चन्देश्वर महतो । वहाँ भन्नुहुन्छ - असारमा पानी पर्दा नहर फोहोरै फोहोरले जाँम हुन्छ । अहिलेको अवस्थामा नहरमा प्लास्टिक जन्यपदार्थ भरिएको छ । नहरमा घाँसपात , विभिन्न किसिमको ठाउँठाउँमा झाडीहरु उम्रेर विरुवाको रुप लिइएको छ। नहरभित्र कालो पानी जमेर पुरै दुर्गन्धित र नराम्रो वास्ना आउने गरेको देखिन्छ । लहानको दुर्गन्...
गौर हत्या काण्ड अनुसंधान प्रभु साह बाट सुरू होस् : अजय (ठाकुर)निराला

गौर हत्या काण्ड अनुसंधान प्रभु साह बाट सुरू होस् : अजय (ठाकुर)निराला

देश, मधेश प्रदेश, समाचार
रौतहट । रौतहटको सदरमुकाम गौरमा गौर हत्या काण्डको दोसिलाई कारबाहीको माग गर्दै निकालीएको र्याली र प्रर्दशन मेरो गम्भीर ध्यानाकर्षण भएको छ। बागमती प्रदेश सचिव अजय निराला ले बताएका छन् गौर हत्या काण्ड जुन भयो । बास्तबमा हुनै नपर्ने अपराध हो ।यसको सत्यतथ्य छानबिन हुनुपर्छ भन्ने कुरामा दुई मत छैन ।तर जो चोर उसकै ठूलो चोर भने झै तत्कालीन समय जस्को नेतृत्व अर्थात पुर्व माओवादी नेता एवं पुर्व मन्त्री तथा रौतहटको क्षेत्र न.३ का सान्सद प्रभु साह नेतृत्वमा भएको घटना हो आम जनता पार्टीले जुन तरिकाले उठाएको छ र जसपाको आदरणीय रास्ट्रीय अध्यक्ष उपेन्द्र यादव ज्युको नाम मुछ्ने प्रयास गरेको छ त्यो गैर जिम्मेवार र राजनीति अपरिपक्ताको संज्ञा हो नभएको ब्यक्तीको नाम जोडेर आफू लोकप्रीय हुन खोज्नु बाहेक केही होईन ।जुन प्रभु साह गौर हत्या कान्ड हुदा त्यसमा समलग्न थिए नेता निराला ले भने आफू नेता बन्न र नेतृत्व...
संवाद फाउण्डेशनको शाखा सप्तरीमा बिस्तार, संयोजकको जिम्मेवारी रजकलाई

संवाद फाउण्डेशनको शाखा सप्तरीमा बिस्तार, संयोजकको जिम्मेवारी रजकलाई

मधेश प्रदेश, समाचार
राजबिराज । चन्दन रजकको संयोजकत्वमा संवाद फाउण्डेशन सप्तरी जिल्ला समिति गठन गरिएको छ । फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा बसेको बैठकले सप्तरीमा कार्यसमिति बिस्तार गरेको हो । रजकको संयोजकत्वमा गठीत सप्तरी जिल्लाको सहसंयोजकको जिम्मेवारी रजेश यादव प्राप्त गरेका छन् । सदस्य सचिवमा रेमत मंडल चयन हुँदा सदस्यहरुमा बब्लु रजक, राधे श्याम यादव ,सुरेश मुखिया ,धिरज यादव ,लखन यादव सुरेश साह,सतिश रजक , अर्जुन मंडल , सीता यादव लगायत सदस्यहरु रहेका छन् । नव कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करले आफ्नो व्यक्तिगत जीवनसँगै फाउण्डेशनका माध्यमबाट सामाजिक कार्यमा पनि योगदान दिन आग्रह गरे । साथै सक्रिय युवाहरुको समूहले आफ्नो सीप र क्षमता प्रदर्शन गरी समाज रुपमान्तरणमा टेवा पु-याउने विश्वास पनि उनले व्यक्त गरेका छन् । सप्तरी जिल्लाको संयोज...
अनियमितता र लुटतन्त्रको जालो बन्दै सिराहाको लहान नगरपालिका

अनियमितता र लुटतन्त्रको जालो बन्दै सिराहाको लहान नगरपालिका

ताजा समाचार, देश, मधेश प्रदेश, समाचार
लहान , २९ असार । अनियमितता देखि अछुतो नहुने कुनै पनि जनप्रतिनिधि तथा कर्मचारी छैन । श्रृङ्खलाबद्ध रूपमा अनियमितता भइरहेको आरोप लागेको सिराहाको लहान नगरपालिकाका कर्मचारीले जथाभावी प्रोत्सहान भत्ता बुझ्दै आएको तथ्य खुलेको छ । जसमा तत्कालीन अधिकृत , लेखा अधिकृत , इन्जिनियर , कम्प्युटर अपरेटर देखि कार्यालय सहयोगीको हात रहेको देखिन्छ । लहान नगरपालिकाका लेखा अधिकृत माया नाथ आचार्य बिना कमिसन , बिना मेयर महेश चौधरीको तोक आदेश बिना फाइल पनि नछुने " कतिपय को जनगुनासो रहेको छ।" नगरपालिकाको हालैको १० औँ नगरसभा सम्पन्न गर्न नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतदेखि कार्यालय सहयोगीसम्मले २५ हजारदेखि १५ हजार रूपैयाँसम्म प्रोत्सहान भत्ता लिएको भेटिएको छ । नगरसभा सम्पन्न गर्ने नाममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले प्रोत्सहान भत्तास्वरूप २५ हजार १ सय, इञ्जिनियर शत्रुध्नप्र...
मेयर हर्क साम्पाङलाई प्रेरणाको स्रोत मान्दै एलिजा गौतमले त्यागिन् सक्रिय राजनीति

मेयर हर्क साम्पाङलाई प्रेरणाको स्रोत मान्दै एलिजा गौतमले त्यागिन् सक्रिय राजनीति

ताजा समाचार, देश, प्रदेश १, मधेश प्रदेश, राजनीति, समाचार
काठमाडौं । अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् । देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् । आगामी दिनमा समाजसेवामा लाग्ने पनि उनले बताएकी छन् । धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उल्लेख गरेकी छन् । उनले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन् । सामाजिक कामको सिलसिलामा आफू धरानमा पुगेको उल्लेख गर्दै उनले समाजसेवामा सक्रिय हुने बताएकी छन् । फिल्म ‘अनुराग’बाट अभिनयमा डेब्यु गरेकी एलिजाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् । उनले अभिनय गर्ने फिल्मको घुइँचो पनि घोषणा भएको थियो...