NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

प्रदेश १

मेयर हर्क साम्पाङलाई प्रेरणाको स्रोत मान्दै एलिजा गौतमले त्यागिन् सक्रिय राजनीति

मेयर हर्क साम्पाङलाई प्रेरणाको स्रोत मान्दै एलिजा गौतमले त्यागिन् सक्रिय राजनीति

ताजा समाचार, देश, प्रदेश १, मधेश प्रदेश, राजनीति, समाचार
काठमाडौं । अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् । देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् । आगामी दिनमा समाजसेवामा लाग्ने पनि उनले बताएकी छन् । धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उल्लेख गरेकी छन् । उनले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन् । सामाजिक कामको सिलसिलामा आफू धरानमा पुगेको उल्लेख गर्दै उनले समाजसेवामा सक्रिय हुने बताएकी छन् । फिल्म ‘अनुराग’बाट अभिनयमा डेब्यु गरेकी एलिजाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् । उनले अभिनय गर्ने फिल्मको घुइँचो पनि घोषणा भएको थियो...
मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय  हो,अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर : अध्यक्ष केपी शर्मा ओली

मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय हो,अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर : अध्यक्ष केपी शर्मा ओली

ताजा समाचार, देश, प्रदेश १, राजनीति
पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताएका छन् । अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको समेत स्पष्ट पारे। “देशलाई कसरी अनुकूल अवस्थामा फर्काउने, त्यसमा जनताको साथ कसरी लिने भनेर हामी लागेका छौँ”, अध्यक्ष ओलीले भने । नेकपा एमाले पाँचथरले आज फिदिममा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अर्थमन्त्रीले ‘कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा त पुगेका छैनौँ’ भन्नु सामान्य कुरा नरहेको बताए । “अर्थमन्त्रीले नै यसो भनेपछि अरु विकास निर्माणका कुरा त छाडिदिनुपर्ने स्थिति आएको बुझ्न सकिन्छ”, ओलीले भने, “ओरालो लागेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने हाम्रो मुख्य चिन्ता रहेको छ ।” कानुन कार्यान्वयन प्रभावकारी नहुँदा देशको राजनीति अस्...
सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी पूर्वसांसद खातुनद्वारा अदालतमा आत्मसमर्पण लगत्तै कारागार चलान

सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी पूर्वसांसद खातुनद्वारा अदालतमा आत्मसमर्पण लगत्तै कारागार चलान

देश, प्रदेश १, राजनीति
विराटनगर । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेश पूर्व सांसद गुलेफुन खातुनले शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी छिन् । त्यसलगत्तै उनलाई कारागार चलान गरिएको छ । यसअघिको प्रदेशसभामा उनी एमालेबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन् । उनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैदको फैसला गरेको थियो । सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ बैशाख ३१ गते तत्कालिन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालिन गाबिसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो । मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छाप किर्ते गरेको उनलाई आरोप लागेको थियो । तत्कालिन गाबिसका कर...
पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनिति होइन भँडुवा नीति हो : अध्यक्ष केपी शर्मा ओली

पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनिति होइन भँडुवा नीति हो : अध्यक्ष केपी शर्मा ओली

ताजा समाचार, देश, प्रदेश १
मंगलबारे । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताएका छन्। उनले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताए । नेकपा एमाले जिल्ला कमिटी इलामले आयोजना गरेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै ओलीले ढुङ्गा हान्ने राजनीति र भँडुवा राजनीति छाडेर शान्तिपूर्ण रूपमा लाग्न पहिचानवादीलाई आग्रह गरे। कार्यक्रममा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पहिचान र समावेशीताका लागि एमालेले नै अग्रसर भएर लडाइँ लडेको स्मरण गरे।अध्यक्ष ओली लगायतका नेतालाई पहिचानवादीले मेची राजमार्गमा अवरोध गरेका थिए । उनीहरूले इलाम बजारमा जुलुस तथा कालो झण्डा देखाएका थिए । प्रदर्शन र कालो झण्डा देखाउने नौ जनालाई प्रहरीले पक्राउ गरी छाडे...
मकै बारीमा लुकाएर राखिएको ४२२ किलो गाँजा बरामद

मकै बारीमा लुकाएर राखिएको ४२२ किलो गाँजा बरामद

ताजा समाचार, प्रदेश १
मोरङ । मोरङ प्रहरीले लुकाएर राखिएको अवस्थामा १४ बोरा गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका वडा नम्बर २ बेरियारी टोलस्थित मजेबुल मियाँको मकै बारीमा लुकाएर राखिएको ४२२.३३ किलो ग्राम परिमाणको सो गाँजा प्रहरीले बरामद गरेका हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो रानी विराटनगरबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको र यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिए ।...
विराटनगर -रानी , इटहरी– धरान ६ लेन राजमार्ग निर्माणको काम तिब्र गतिमा ।

विराटनगर -रानी , इटहरी– धरान ६ लेन राजमार्ग निर्माणको काम तिब्र गतिमा ।

ताजा समाचार, प्रदेश १
विराटनगर । रानी – विराटनगर , इटहरी– धरान ६ लेन राजमार्ग निर्माणको काम अब चुस्त र द्रुत गतिमा अघि बढने भएको छ । बुधवार इटहरी उपमहानगरपालिकामा भएको त्रिपक्षीय छलफलले काम द्रुत गतिमा अघि बढने प्रतिबद्धता सहित लिखित सहमति भएको छ । ६ लेन राजमार्ग अन्तरगत तरहराको चाकोशे हुँदै सेउती सम्म रोकिएको सडक मर्मतको काम आगामी ३ दिन भित्र सम्पन्न गर्ने र असार मसान्त भित्रै मुख्य कामहरू पनि सक्ने प्रतिबद्धता सहित लिखित सहमति भएको हो । उपमहानगरका मेयर हेमकर्ण पौडेलको कार्यकक्षमा भएको छलफलपछि यस्तो सहमति भएको हो । मेयर पौडेलले राजमार्ग निर्माण गर्ने बारे पटक पटक ठेकेदार कम्पनी सँग दबाब बढाए पनि सुनुवाइ नगरेकोले गत शुक्रवार गाडी नै नियन्त्रणमा लिएका थिए । ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा लिएपछि ६ लेन सडक परियोजना प्रमुख , ठेकेदार कम्पनीका सञ्चालक दुबैलाई राखेर काम छिटो सक्ने प्रतिबद्धता सहित लिखि...
गाँजासहित भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

गाँजासहित भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

देश, प्रदेश १, समाचार
विराटनगर । गाँजासहित भारतीय गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले बुधबार मोरङको विराटनगर महानगरपालिका १ बाट करिब १ सय २० केजी गाँजासहित गाडी नियन्त्रणमा लिएको हो । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको बी.आर११भी ७६४५ नम्बरको भारतीय गाडीलाई सशस्त्र प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको छ । उक्त गाडी चालक भने फरार भएका छन् । नियन्त्रणमा लिइएको गाँजा र गाडी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।...
आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के पाइँदैन ?

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के पाइँदैन ?

ताजा समाचार, देश, प्रदेश, प्रदेश १, प्रदेश २, राजनीति, समाचार
काठमाडौं । आगामी मंसिरमा चार गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो । आयोगले १३ भदौमा आचारसंहिता जारी गरिसकेको छ । जसअनुसार संघ प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । तर, आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार जान भने मन्त्रीहरुलाई छेक्ने छैन । सरकारी कर्मचारी, सार्वजनिक संस्थानले कुनै दलको पक्ष वा विपक्षमा लाग्न पाउने छेनन् भने कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न नपाउने व्यवस्था छ । आयोगको मंगलबारको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना ...
आज मिथिलाञ्चलमा निष्ठापूर्वक चौरचन’ पर्व मनाइदै

आज मिथिलाञ्चलमा निष्ठापूर्वक चौरचन’ पर्व मनाइदै

धार्मिक, प्रदेश १
जनकपुरधाम, भदौ १४ गते इन्द्र भूषण यादव जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज मंगलवार धुमधामका साथ आस्था तथा निष्ठापूर्वक महान पर्व चौरचन मनाईदै छ । जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत भारतका केही राज्यहरुमा समेत चौरचन पर्व मनाइन्छ । हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वको साथ मनाउने गरिन्छ । मंगलबार राति ब्रतालु महिलाहरु आ–आफ्नो घरको आँगनमा पूजा सामग्री चढाएर उदाउँदै गरेको चन्द्रमालाई अर्घ्य दिएर यो पर्व मनाउँछन् । मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरुमा अधिकांशमा स्थानीय स्तरमा उत्पादन हुने सामग्रीको प्रयोग भएको हुन्छ । विभिन्न भाकल पुरा गर्न तराई मधेशका मानिसहरु मनाउने चौरचन, दिपावली, घडी पर्व, जितिया, छठ पर्व लगायतका विभिन्न पर्वहरु मनाउने गरिन्छ । मिथिलाञ्चलको कृषि आधारित जीवन चक्रले यस्ता लोक पर्वहरुलाई बडो सह...
विराटनगरमा राधाकृष्ण रथयात्रा सुरू

विराटनगरमा राधाकृष्ण रथयात्रा सुरू

ताजा समाचार, देश, धार्मिक, प्रदेश १, समाज
विराटनगर कोरोना महामारीका कारण दुई वर्ष रोकिएको विराटनगरको राधाकृष्ण रथयात्रा यसपटक विराटनगरको राधाकृष्ण रथयात्राको ५४ औं संस्करण भर्खरै सुरू भएको छ। तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट हजारौं श्रद्धालु सहभागी भएर रथ निस्किएको हो। ५४ वर्षयता विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिएको छ। यसअघिका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा निकालिएको थियो। ...