NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

समाचार

रौतहटमा ४० किलो चाँदी सहित साह प्रकाउ परेका छन्

रौतहटमा ४० किलो चाँदी सहित साह प्रकाउ परेका छन्

समाचार
रौतहट : रौतहटमा ४० किलो चाँदीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौर नगरपालिका ४ स्थित बसपार्कबाट सर्लाहीको मलंगवा नगरपालिका २ का ३५ वर्षीय विद्यानन्द साह सोनार रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा चाँदीसहित पक्राउ गरेको हो। उनले दुवै हातमा कालो रंगको झोला बोकी हिँडिरहेको अवस्थामा कार्टुन भित्र सिलबन्दी गरिएको सेतो रंगको प्लाष्टिक भित्र चाँदी जस्तो देखिने स–साना टुक्राहरु फेला पारेको प्रहरीले जनाएको छ । बरामद चाँदीको बजार मुल्य ३९ लाख ४४ हजार रुपैयाँ रहेको छ । उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ। ...
प्रदेश २ मा श्रीमतीले ६० हजार कर्जा लिएर श्रीमानको हत्या गराएको खुलासा

प्रदेश २ मा श्रीमतीले ६० हजार कर्जा लिएर श्रीमानको हत्या गराएको खुलासा

समाचार
जनकपुरधाम : प्रदेश २ सिरहा जिल्लाको गोलबजार नगरपालिका ४ निपनिया कुटीका ३९ बर्षीय दुखहरण महराको ह’त्यामा उनकै पत्नीको संलग्नता रहेको सिरहा प्रहरीले बताएको छ । महरा गत भदौ १८ गते भारत विहारको जयनगरस्थित बरही गाउँमा मृत फेला परेका थिए । सिराहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले दुखहरणकी पत्नी ३८ बर्षीया हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर पतिको ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । प्रहरीका अनुसार हरिहरदेवीले आफू बिरामी भएको बताएपछि श्रीमान–श्रीमती भदौ १७ गते भारतको जयनगरतर्फ गएका थिए । साँझ ६ बजेतिर जयनगर रेल्वे स्टेशनमा चिया खान बसेको ठाउँमा मुकेश पनि आएका थिए । चिया खाएपछि मुकेशले दुखहरणलाई आफ्नो मोटरसाइकलमा लिएर गएको प्रहरीले बताएको छ । मुकेशले अन्य दुई जना भारतीयको सहयोग लिएर दुखहरणलाई बरही गाउँको नहरमा लगी ह’त्या गरेको देखिएको प्रहरीले जनाएको...
चोरि गरेका चार वटा मोटरसाईकल सहित दुई जना पक्राउ (मोटरसाईकल विवरणसहित हेर्नुहोस्)

चोरि गरेका चार वटा मोटरसाईकल सहित दुई जना पक्राउ (मोटरसाईकल विवरणसहित हेर्नुहोस्)

ताजा समाचार, समाचार
२९ साउन, बीरगंज । बिरगंजमा चोरी गरिएका चार वटा मोटरसाईकल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा, पर्साको बिरगंज महानगरपालिका वडा नं ३० प्रसोतिपुरमा बस्ने २० वर्षिया आकाश यादब र सोहि ठाउँमा बस्ने २० वर्षीय कृष्ण पटेल रहेको जिल्ला प्रहरी कार्यालय बिरगंजले जानकारी दिएको छ। प्रहरीका अनुसार, सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा २८ गते बिहिवार अन्दाजी ४ बजे आकाश यादव र केहि व्यक्तिहरुले चोरीको मोटरसाईकलहरु विक्री गर्नको लागि आफ्नै घर अगाडिको खाली जग्गामा लुकाइछिपाई राखिएको बताए। यधपी प्रहरीलाई विषेस सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मोटरसाईकलको चेसिस नं.MD2A36FY6KCC84888, ई.नं.JLYCKC29608 बा४२ प ५२६३ नम्बरको कालो NS 200 CC को पल्सर, चेसिस नं MD2DHDHZZ5CL17620 ई.नं.DHGB5L04998 ना.१६ प ३३६७ नम्बरको 150 CC को हरियो पल्...
आज नागपञ्चमी पर्व घरघरमा नागको पूजा आराधना गरि मनाइँदै

आज नागपञ्चमी पर्व घरघरमा नागको पूजा आराधना गरि मनाइँदै

ताजा समाचार, राष्ट्रिय खबर, समाचार, साहित्य र मनोरञ्जन
काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र च’ट्या’ङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब...
नेपालमा थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

नेपालमा थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

ताजा समाचार, समाचार
नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २२९४ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ, भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ । हाल कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ । ...
#Breaking कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा आजै नियुक्त गर्ने तयारी

#Breaking कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा आजै नियुक्त गर्ने तयारी

english, प्रदेश, राष्ट्रिय खबर, समाचार
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ । उनी अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ । मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा घिसिङले नियुक्त पाएका हुन् । उनी यसअघि पनि प्राधिकरणको प्रबन्धक निर्देशक थिए । तर, केपी शर्मा ओली नेतृत्वको सरकारले उनको समयावधि थप्न मानेन । घिसिङलाई प्राधिकरणमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि इच्छा देखाएका थिए । घिसिङ प्राधिकरणमा सफल कार्यकाल पूरा गरी गएका थिए । उनी निकै लोकप्रीय छन् । २०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्...
प्रधानमन्त्रीलाई ओलीको व्यंग्य : उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको थिएन

प्रधानमन्त्रीलाई ओलीको व्यंग्य : उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको थिएन

ताजा समाचार, प्रदेश, वागमती, समाचार
२६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अपवित्र गठबन्धन गरेर आफूलाई प्रधानमन्त्रीबाट हटाएको बताएका छन् । २८ असारमा संसद पुनस्र्थापनासँगै प्रधानमन्त्री पदबाट हटेका ओलीले मंगलबार पहिलो पटक संसदलाई सम्बोधन गरे । अपवित्र, अनुचित र अलोकतान्त्रिक गठबन्धन गरेर आफूलाई हटाएको उनले बताए । प्रधानमन्त्री पदबाट हटेकोमा चिन्ता नरहेको भन्दै उनले भने, ‘फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधारण जनमतका साथ मूल गेटबाट फेरि आइन्छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवातर्फ लक्षित गर्दै ओलीले अघि भने, ‘राम्रो ग्रहदशाले मलाई प्रधानमन्त्री बनाएको होइन । विभिन्न पार्टीका नेताहरुको महत्वकांक्षा, कुण्ठा र अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन ।’ उनले अघि भने, ‘उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको होइन । म जाली मुद्दा जितेर परमादेशबाट पनि भएको होइन, जनादेश...
लोकसेवा आयोगको परीक्षा नरोकिने

लोकसेवा आयोगको परीक्षा नरोकिने

ताजा समाचार, राष्ट्रिय खबर, लोकप्रिय, समाचार
२५ साउन, काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले बताए । आयोगले आ.व. २०७६-०७७ र आ.व. २०७७-०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ । ...
नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार, प्रवास, बुद्धिजीवी, मजदुर, राजनीति, राष्ट्रिय खबर, लेख-बिचार, लोकप्रिय, विद्यार्थी, समाचार, साहित्य र मनोरञ्जन, सूचना-प्रविधि, स्वास्थ्य
२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च शीर्षक तय नगरी रकम ‘अवण्डा’मा राखेकाले राजनीतिक स्वार्थमा अझ बढी रकम वितरण हुने खतरा छ । आगामी वैशाखसम्ममा स्थानीय तह निर्वाचन हुने भएकाले पनि बजेटमै दल निकटका प्रतिष्ठानलाई ‘कार्यक्रम अनुदान’का रूपमा ठूलो रकम दिइएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले ‘आर्थिक तयारी’ आव २०७४/७५ बाटै थालेका हुन् । पैसा बाँड्ने विषयमा कार्यपालिका र नगरसभामा कुनै पनि जनप्रतिनिधिबाट फरक मत नसु...
त्रिविका परीक्षा नियमित रूपमा चल्ने

त्रिविका परीक्षा नियमित रूपमा चल्ने

ताजा समाचार, लेख-बिचार, विद्यार्थी, समाचार, सूचना-प्रविधि
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ। त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ। विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए। विश्वविद्यालयमा हाल वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। साउन २८ गतेसम्म परीक्षा सकिने छ। स्नातक तहमा विद्यार्थीले पठनपाठन सुरु गरेको २० महिनापछि उक्त परीक्षा लिइएको हो। यसका साथै स्नातकोत्तर तहका विभिन्न सङ्कायका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा कार्यक्रम पनि सञ्चालन भइरहेको छ। कतिपय परीक्षा विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सञ्चाल...