NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

देश

तराईलाई सुक्खा क्षेत्र घोषणा गर्न प्रदीप यादव र अजय चौरसियाले गरे माग , तराईमा पानीको समस्या कोरोना महामारीभन्दा बढी भयावह अवस्थामा

तराईलाई सुक्खा क्षेत्र घोषणा गर्न प्रदीप यादव र अजय चौरसियाले गरे माग , तराईमा पानीको समस्या कोरोना महामारीभन्दा बढी भयावह अवस्थामा

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, समाचार
पर्सा । वीरगञ्ज महानगरपालिकालगायत तराईका जिल्लामा देखिएको पानीको समस्यालाई तत्कालीन र दीर्घकालीनरूपमा समाधान गर्न पर्साका जनप्रतिनिधिहरूले संघ सरकारलाई अपिल गरेका छन् । वीरगञ्ज महानगरपालिकाले आज वीरगञ्जमा आयोजना गरेको ‘खानेपानी समस्या सम्बन्धमा सरोकारवालसँग छलफल’ विषयक कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले संघ सरकारलाई यस्तो आग्रह गरेका हुन् । कार्यक्रममा सहभागी नेपाल सरकारका खानेपानीमन्त्री महिन्द्र राय यादवलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यद्वय प्रदीप यादव र अजयकुमार चौरसियालगायतका जनप्रतिनिधिले तराईका जिल्लामा देखापरेको खानेपानीको समस्या कोरोना महामारीभन्दा बढी भयावह अवस्थामा देखिएकाले यसको तत्कालीन र दीर्घकालीनरूपमा समाधान गरी सर्वसाधारणको ज्यान रक्षा गर्न संघ सरकारलाई आग्रह गरेका हुन् । जनप्रतिनिधिले सर्वसाधारणले खोनेपानीको अभाव ...
सशक्त सडक आन्दोलन गर्ने नेपाल राहत शिक्षकको निर्णय, संघीय शिक्षा ऐनमा आफूहरूमाथि विभेद गरिएको आरोप

सशक्त सडक आन्दोलन गर्ने नेपाल राहत शिक्षकको निर्णय, संघीय शिक्षा ऐनमा आफूहरूमाथि विभेद गरिएको आरोप

ताजा समाचार, देश, विद्यार्थी, समाचार
काठमाडौँ । संघीय शिक्षा ऐनको मस्यौदामा आफूहरूमाथि विभेद गरिएको भन्दै राहत शिक्षकहरूले सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । आज भरखरै सम्पन्न नेपाल राहत शिक्षक आन्दोलन परिचालन समितिको बैठकले सशक्त सडक आन्दोलन गर्ने निर्णय गरेको हो। समितिका अध्यक्ष खेमराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले साउन १८ गते स्पेसल टास्क फोर्सका सम्पूर्ण सदस्यलाई काठमाडौँ बोलाउने निर्णय गरेको छ। त्यस्तै साउन २० गते नेपाल राहत शिक्षक केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको छ। ऐनको मस्यौदा अध्ययन गर्दा राहत शिक्षकहरूका माग र विभिन्न समयमा भएका सम्झौता र सहमति विपरीत पेसाको स्थायित्वको सवालमा चरम विभेद गरेको उनीहरूको आरोप छ।...
रवि लामिछानेले सञ्चालन गरे मोबाइल क्लिनिक र महिलाका लागि निःशुल्क बस

रवि लामिछानेले सञ्चालन गरे मोबाइल क्लिनिक र महिलाका लागि निःशुल्क बस

देश
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । ‘मलाई थाहा छ बस सञ्चालन सङ्घीय सांसदको काम हुँदै होइन, क्षेत्राधिकार पनि होइन’, उनले भने, ‘तर जनप्रतिनिधि र नीति–निर्माताले सार्वजनिक यातायात कस्तो हुनु पर्दछ भन्ने सपना देख्नुपर्छ । अझ सार्वजनिक सवारीमा महिलाहरूको सुरक्षा र प्राथमिकता कस्तो हुनु पर्दछ भन्ने देख्नुपर्छ र देखाउनु पर्छ ।’ सभापति लामिछानेले आजबाट एउटा बसबाट सुरुआत गरेर भविष्यमा माग र उपयोगअनुसार स्थानीय सरकारसँग समन्वय गरी बस संख्या थप्ने बताए । उनका अनुसार पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड उपलब्ध हुनेछ । वैदेशिक रोजगारका क्रममा व...
सिराहाको नवराजपुर गाउँपालिकामा पोखरी ठेक्का बिथोल्ने प्रयास २० लाखको विधुतीय सामग्री चोरी

सिराहाको नवराजपुर गाउँपालिकामा पोखरी ठेक्का बिथोल्ने प्रयास २० लाखको विधुतीय सामग्री चोरी

देश, प्रदेश २, मधेश प्रदेश
विसुनदेव सरदार, लहान, १७ साउन । जनताको हकहितमा विकास निर्माण तथा कानुनी प्रक्रियाबाट विकास गरिरहँदा सिराहाको नवराजपुर गाउँपालिकामा केही विपक्षी काङ्ग्रेसी कार्यकर्ताद्वारा बिथोल्ने प्रयास भएको बताउँछन् पालिका अध्यक्ष शिवउदगार यादव । गुण्डा शैलीमा श्रावण ४ गतेका दिन पालिकाका कर्मचारी माथि हातपात २० लाख बराबरको विधुतीय सामग्री अर्थिङ्ग , तार , कीट , एसुलेटर तार लुटेर लगिएको व्यक्ति शिवराम यादवलाई कार्यवाही हुनुपर्छ अध्यक्ष शिवउदगार यादवको ठहर छ । सो लुटपाट तथा आपराधिक गतिविधि गर्ने नवराजपुर गाउँपालिका - ३ का शिवराम यादव , सिरहाको नवीन यादव रहेको आजको पत्रकार सम्मेलन मार्फत जानकारी प्राप्त भएको छ । अहिले नवराजपुर गाउँपालिकामा जम्मा ऐलानी पोखरी सरकारी पोखरी ७१ ओटा रहेको छ । जुन पोखरीहरु विश्वमोहन यादवको कार्यकालमा लथालिङ्ग अवस्थामा थियोे । पोखरी मात्रै नभएर विश्वमोहन यादव पाल...
साउन दोस्रो साता पनि पर्याप्त पानी नपरेपछि किसान चिन्तित

साउन दोस्रो साता पनि पर्याप्त पानी नपरेपछि किसान चिन्तित

देश, मधेश प्रदेश
महाेत्तरी । साउन दोस्रो साता बित्नै लाग्दासम्म राम्ररी पानी नपरेर धान रोपाइँ गर्न नपाएका यहाँका किसान यसपालि खडेरी पर्ने चिन्ताले पिरोलिएका छन् । धान रोपाइँ गर्न नपाइएको र अन्य बोटबिरुवा पानीबेगर सुक्दै गएपछि किसान यसपालि ठूलो खडेरी पर्ने चिन्ताले पिरोलिएका हुन् । मुख्य बाली मानिने धान रोप्न नपाइएको र अन्य बाली पनि सुक्दै गएपछि किसान रनभूल्ल छन् । साउन मध्य बित्नै लाग्दासम्म मौसमको लक्षण पानी पर्ने नदेखिएको पाका किसान बताउँछन् । “असार–साउनमा पानी नपरेर प्रचण्ड रापको घाम र तातो हावा चलिरहेपछि केही–केही ठाउँमा धान रोपिएका खेत चिरा परेका छन्, लहरे तरकारी बालीका बेला सुकेर पहँलिदै गएका छन्”, गौशाला नगरपालिका–११ का लक्ष्मीप्रसाद महतोले भने । अहिलेको मौसमले खडेरीको लक्षण देखिएकाले अब गुजाराको चिन्ताले पिरोलेको महतोको भनाइ छ । यसपालि खडेरीको लक्षण देखिन थालेपछि जिल्लाका सबैजसो बस्तीम...
विभिन्न पार्टीका सयौं भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश

विभिन्न पार्टीका सयौं भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश
चन्दन रजक, राजबिराज १३ साउन । जनमत पार्टी सप्तरीले जिल्ला समन्वय समितिको सभा होलमा आयोजना गरेको पार्टी प्रवेश तथा युवा जनमत संघको संगठन सुदृढीकरण अभियान कार्यक्रममा विभिन्न पार्टीका सयौं भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन। शनिबार राजबिराज नगरपालिकामा आयोजित सभा कार्यक्रममा नेकपा माओवादी पुर्व वडा अध्यक्ष बिनोद यादव ,नरेश देव , मदिन खातुन र नेकपा माओवादी YCL अध्यक्ष बिरेन्द्र यादव र लोसपा महेश राई र नेपाली क्रग्रेस बिरेन्द्र चौधरी र जनता समाजवाद कमल किशोर साह सहितको पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन । उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि.के राउत र मधेश प्रदेशको शिक्षा तथा समाज कलियान मन्त्री महेश प्रसाद यादव प्रदेश कमिटी सदस्य सतिश सिंह र जनमत पार्टीको केन्द्रिय प्रवक्ता सरद सिंह भणडारी केन्द्रिय सदस्य सुरेन...
एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा,

एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा,

ताजा समाचार, देश, समाचार
काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ । हङकङबाट भित्रिएको तस्करीको क्विन्टल सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा तानिएका हुन् । विवादास्पद पृष्ठभूमि भएका अडुकिया तस्करीको सुन भारतसम्म पुर्याउन सक्रिय रहेको आशंका राजस्व अनुसन्धान विभागले गरेको छ । अनुसन्धानकै क्रममा विभागले बुधबार अडुकियाको घरमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । सुन बरामदपछि अडुकिया सम्पर्कविहीन छन् । सुन बरामदभन्दा केही समयअघि शंकास्पद रुपमा हङकङ, भारत र दुवई भ्रमण गरेको देखिएपछि विभागले अडुकियाको घरमा छापा मारेको हो । उनी भने भागिसकेको आशंका गरिएको विभागका अधिकारीहरुको भनाइ छ । गोरखा विकास बैंक घोटाला र सेयर कारोबारमा विवादास्पद पृष्ठभूमि भएका अडुकिया यसअघि नै विभागको निगरानीमा थिए । उनी केही बैंक/वित्तीय संस्थ...
दलित बजेट खर्च गर्न नसक्नु हाम्रो नालायाकी हो : शिक्षा सचिव

दलित बजेट खर्च गर्न नसक्नु हाम्रो नालायाकी हो : शिक्षा सचिव

देश, प्रदेश २, मधेश प्रदेश, समाचार
जनकपुर, साउन ८– मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले दलितका लागि छुट्याएको बजेटसमेत उनीहरूका लागि खर्च नसक्नु आफूहरूकै नालायकी भएको स्वीकार गरेका छन् । मधेस प्रदेशको दलित विकास समिति गठन गर्दा उपाध्यक्षको सेवा÷सुविधा तोकियो तर ४ जना सदस्यको तोकिएन भन्दै उनले अन्य यस्तै समितिको तुलनामा दलित समितिलाई भने अन्याय भएको पनि बताए । हामी सबै पूर्वी अफ्रिकाको पुच्छर नभएको बाँदरका पुर्खा भएकाले को दलित को नदलित, सबै एकै हौँ भन्दै उनले हाम्रो भाषा परिवारसमेत एउटै भएकाले छूत र अछूत भन्ने कुरा शासक वर्गले सिर्जना गरेका भ्रममात्र भएको पनि उल्लेख गरे र यसलाई चिर्न सबै लाग्नुपर्ने धारणा पनि व्यक्त गरे । दलित अधिकार मञ्च, नेपालले जनकपुरमा आयोजना गरेको ’दलित अधिकार : सबैको सरोकार’ विषयमा केन्द्रित भइ विभिन्न विषयमा चलाइएको ३ दिने कार्यक्रमको अन्तिम दिन आयोजि...
मधेसी दलित महिला न्यायको पहुँचभन्दा बाहिर छ : अध्यक्ष महिला आयोग

मधेसी दलित महिला न्यायको पहुँचभन्दा बाहिर छ : अध्यक्ष महिला आयोग

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश
लहान, साउन ७ गते । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले जिल्लाले मधेसी दलित महिला न्यायको पहुँचभन्दा बाहिर रहेको बताएकी छिन् । ‘दलित अधिकार : सबैको सरोकार’ विषयमा केन्द्रित रही विभिन्न विषयमा आयोजना भइरहेको कार्यक्रमअन्तर्गत ‘दलित अधिकार कार्यान्वयनको अवस्था र संवैधानिक आयोगहरूको भूमिका’ विषयक सत्रमा अध्यक्ष पराजुलीले राष्ट्रिय महिला आयोगमा गत आर्थिक वर्षमा ९०२ वटा उजुरी परेकामध्ये करिब १ सय दलितको भएको तर त्यसमा एकजना पनि मधेसी दलितको नभएको पनि उल्लेख गरिन् । ‘यसको मतलव मधेसी दलित महिला शिक्षा, सूचना र जानकारीमा पछाडि छन्’, उनले थपिन्– त्यसैले मधेसी दलित महिला न्यायको पहुँचबाट टाढा छन् । अध्यक्ष पराजुलीले जिल्लाबाट आएका जानकारीअनुसार हिंसाका उजुरीमध्ये ९० प्रतिशत दलित महिलाका भएका र उनीहरूले बलात्कार, कुटपिट, दाइजो जस्ता कारण आफूमाथि हिंसा भएको उल्लेख गरेका बताएकी छिन् ...
मधेसका दलितलाई सम्पूर्ण क्षेत्रमा अघि बढाउन सम्पूर्ण राज्य संयन्त्र प्रयोग गर्न ध्यानाकर्षण गराएको छ : आयोग अध्यक्ष विश्वकर्मा

मधेसका दलितलाई सम्पूर्ण क्षेत्रमा अघि बढाउन सम्पूर्ण राज्य संयन्त्र प्रयोग गर्न ध्यानाकर्षण गराएको छ : आयोग अध्यक्ष विश्वकर्मा

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश
जनकपुर, ६ साउन । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले मधेस प्रदेशका दलितको हितका लागि सरकारसमक्ष दुईवटा महत्वपूर्ण प्रस्ताव राखेको बताएका छन् । मधेस प्रदेशको मानव विकास सूचकाङ्क कर्णाली प्रदेशको भन्दा पनि कम भएकाले यहाँका दलित समुदायलाई सम्पूर्ण क्षेत्रमा अघि बढाउन सम्पूर्ण राज्य संयन्त्र प्रयोग गर्न ध्यानाकर्षण गराएको जानकारी गराए । त्यसैगरी मधेसमा बाढी, आगलागी र चिसोका कारण दलित समुदाय एकदमै सताइएकाले उनीहरूका समस्या समाधान गर्न पनि प्रभावकारी भूमिका निर्वाह गर्न प्रस्ताव गरेको उनले बताए । दलित अधिकार मञ्च, नेपालले जनकपुरमा आयोजना गरेको ’दलित अधिकार : सबैको सरोकार’ विषयमा केन्द्रित भइ विभिन्न विषयमा आयोजित ३ दिने कार्यक्रमका क्रममा विश्वकर्माले यस्तो जानकारी दिएका हुन । त्यसैगरी उनले राष्ट्रिय दलित आयोगले उठाउनुपर्ने विषयमा घच्घाइरहन मधेसीवासीसँग अनुरोध पनि ग...