NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

वागमती

स्वास्थ्य मन्त्रालयमा चरम अनियमितता र सत्ताको दुरुपयोग देखियो : योगेश भट्टराई

स्वास्थ्य मन्त्रालयमा चरम अनियमितता र सत्ताको दुरुपयोग देखियो : योगेश भट्टराई

राजनीति, वागमती, समाचार, स्वास्थ्य
काठमाडौँ — नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चरम अनियमितता र सत्ताको दुरुपयोग भएको जनाएको छ । शुक्रबार नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयमा आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर भएको बताएका हुन् । वित्तीय अनुशासन र खर्च प्रणालीका हिसाबले गम्भीर आर्थिक अपचलन र पदीय दुरुपयोग भएको भट्टराईको आरोप छ । यस सवालमा अख्तियार तथा महालेखा परीक्षक कार्यालयको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उनले बताएका छन् ।...
वैदेशिक रोजगारको नाममा विदेश पुगेर ठगिएकाहरुलाई यथाशिघ्र उद्दार र न्याय दिलाउन अध्यक्ष डा.दत्तको आग्रह:

वैदेशिक रोजगारको नाममा विदेश पुगेर ठगिएकाहरुलाई यथाशिघ्र उद्दार र न्याय दिलाउन अध्यक्ष डा.दत्तको आग्रह:

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, राजनीति, वागमती, समाचार
काठमाण्डाै । धेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले वैदेशिक रोजगारको नाममा विदेश पुगेर ठगिएको र त्यहाँ विभिन्न समस्याहरु बाट पीडित मधेशी समुदायका दिदीभाई तथा दाजुबहिनीहरुलाई यथाशिघ्र उद्दार गरेर न्याय दिलाउन परराष्ट्र मन्त्री डा.नारायण खडकालाई आग्रह गर्नुभएका छन् | परराष्ट्र मन्त्रालयमा आयोगका अध्यक्ष डा.दत्त र मन्त्री खड्का बीच भएको औपचारिक भेटघाटमा अध्यक्ष डा.दत्तले आयोगमा वैदेशिक रोजगारी सम्बन्धी विभिन्न किसिमको उजुरी आउने गरेको र सो समस्याहरुलाई परराष्ट्र मन्त्रालयले बिना ढिलासुस्ती गरी प्रभावकारी रुपमा सम्बोधन गरी समाधान गर्नको लागि सम्बन्धित निकायहरुलाई निर्देशन गरिदिन समेत आग्रह गरेका छन् | अध्यक्ष डा.दत्तले सबैभन्दा बढी तराई मधेश बाट बैदेशिक रोजगारमा जाने गरेको र समस्याहरु धेरै आउने गरेकोले आफु सो प्रति गम्भीर रहेको बताएका छन् | अध्यक्ष डा.दत्तले विदेश स्थित नेपाली दुतावासहरु...
भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी

ताजा समाचार, देश, वागमती, समाचार
काठमाडौँ — काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबार अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले आगलागी निभाउने कार्य जारी रहेको जानकारी दिए ।...
सरकारको तर्फबाट पहिलो पल्ट ३ जना पत्रकारहरुलाई मासिक पेन्सन दिने

सरकारको तर्फबाट पहिलो पल्ट ३ जना पत्रकारहरुलाई मासिक पेन्सन दिने

देश, वागमती, समाचार
काठमाडौं : नेपाल सरकारको तर्फबाट पहिलोपल्ट ३ जना पत्रकारहरुलाई मासिक पेन्सन दिने निर्णय भएकाे छ । यसरी पेन्सन पाउनेहरुमा पद्मभक्त खरेल ७७ वर्ष मासिक दस हजार रुपैयाँ, निरोधराज पाण्डे ७३ वर्ष मासिक सात हजार रुपैयाँ र चिरञ्जीवी अर्याल ६७ वर्ष मासिक पाँच हजार रुपैयाँ रहेका छन्। पत्रकार वृत्तिकोष तथा सञ्चालन समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा यही असार २४ गते बसेको बैठकले निर्णय गरे अनुसार २०७९ साउन महिनादेखि मासिक रुपमा उमेर अनुसार ३ जना जेष्ठ पत्रकारले सरकारी कोषबाट निरन्तर पेन्सन सुविधा प्राप्त गर्ने भएका हुन्। समितिका अध्यक्ष अर्यालको अध्यक्षतामा प्रेस काउन्सिल नेपालका सदस्य गोपाल बुढाथोकी, सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन बहादुर हमाल, गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल र सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम समेतको उ...
१ हजार थान पेस्तोल सहितका ८० करोड भन्दा बढीको हतिया खरिद गदै नेपाल प्रहरी

१ हजार थान पेस्तोल सहितका ८० करोड भन्दा बढीको हतिया खरिद गदै नेपाल प्रहरी

ताजा समाचार, देश, वागमती, समाचार
गौरी नारायण ठाकुर काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले १ हजार थान पेस्तोल सहितका हतियार खरिद प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्ले स्थानिय तह निर्वाचन अघि नै ८० करोड भन्दा बढीको हतियार खरिद प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई अनुमति दिएको थियो । हतियार खरिद गर्न अर्थ मन्त्रालयले ८० करोड भन्दा बढी बजेट निकासा दिएको छ । इटलीको कम्पनीबाट हतियार र गोलीगठ्ठा खरिद गर्न राष्ट्र बैङ्कबाट एलसी खोल्ने प्रक्रिया अघि बढेको छ । प्रहरी प्रधान कार्यालयले इटलियन कम्पनीको बेरेटा पेस्तोल १ हजार थान, अश्रुग्याँस सेल २५ हजार थान, सटगन १ हजार १५० थान, रबर गोली १० लाख थान र ५ लाख थान पेस्तोलको गोली खरिद गर्न लागेको छ । सुरक्षा सामरिक तथा प्रतिरक्षा कार्यविधि–०७५ अनुसार आर्थिक वर्षको सुरुमा सूचीकरण भएका फर्मले मात्रै हतियार खरिदको ठेक्का पाउँछन् । भिड नियन्त्रणमा आवश्यक सामग्री खरिद गर्न लाग...
चार गुणा बढीमा इटाली हतियार नेपाल सरकारले खरिद गर्न लागेको खुलासा

चार गुणा बढीमा इटाली हतियार नेपाल सरकारले खरिद गर्न लागेको खुलासा

ताजा समाचार, देश, वागमती, समाचार
काठमाडौं । नेपाल प्रहरीका लागि इटालीको एक कम्पनीसँग हतियार खरिद गर्न चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा ‘बुक’ भइसकेको छ । इटालीको बेरेटा कम्पनीमा बनेको हतियार ल्याउन तीन दिनअघि बुक गरिएको हो । सरकारी स्रोतका अनुसार इटालीको अर्को कम्पनी बेनलीमा बनेका हतियार अलि महँगो हुने भन्दै बेइँटाबाट ल्याउन लागिएको छ । बेरेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक र ९ एमएमको पेस्तोल खरिद गर्न लागिएको हो । सो कम्पनीबाट उत्पादित एउटा हतियारको ७ सयदेखि ८ सय युरो पर्ने भए पनि नेपाल सरकारले ३ हजार २ सय युरोमा बुक गरेको छ । यो लागत मूल्यभन्दा झन्डै चार गुणा बढी हो । १२ बोरका बन्दुक चलाउन नेपाल प्रहरीले १० वर्षअघि नै बन्द गरेको भए पनि सोही खालको हतियार ५० हजार केजी बुक गरिएको आजको राजधानी दैनिकमा समाचार छ ।...
योग्यता नपुगेको प्रमाणित भएपछि उच्च अदालतकी न्यायाधीश रेणुका साह बर्खास्तः

योग्यता नपुगेको प्रमाणित भएपछि उच्च अदालतकी न्यायाधीश रेणुका साह बर्खास्तः

ताजा समाचार, देश, राजनीति, वागमती, समाचार
काठमाडौं । पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद शाहकी छोरीसमेत रहेकी रेणुका शाहलाई २०७५ साल चैत २० गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले योग्यता नै नपुगेपनि उच्च अदालतको न्यायाधीशमा नियुक्ति दिएका थिए । नियुक्ति लिएको करिब ४ वर्षपछि शाहलाई अयोग्य भन्दै बर्खास्त गरिएको छ I न्यायपरिषदले उच्च अदालत, तुलसीपुरको बुटबल इजलासमा कार्यरत न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न कायममूकायम प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषदको बैठकले बर्खास्तीका लागि सिफारिस गरेकी साह पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन् । २०७५ सालमा न्यायाधीश नियुक्त भएकी साहविरुद्ध कानून व्यवसायमा कुनै अनुभव नभएको भन्ने आरोपमा उजुरी परेको थियो । ...
सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्ने : सहायक रजिस्ट्रार पौडेल

सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्ने : सहायक रजिस्ट्रार पौडेल

ताजा समाचार, देश, राष्ट्रिय खबर, वागमती, समाचार
काठमाडौं । सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको छ । सर्वोच्च अदालतमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्ययोजना बनाएर पुराना मुद्दा फर्स्यौट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै सर्वोच्चले अदालतमा विचाराधिन अवस्थामा रहेका पुराना मुद्दाहरु शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताएको छ । मुद्दाहरुलाई शून्यमा झार्न प्रतिदिन प्रत्येक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्नुपर्ने अदालतले बताएको छ । पुराना मुद्दाको चाप घटाउन शुक्रबार आधा दिनको कार्यालय समय बढाएर बेलुका ५ बजेसम्म राख्ने योजना रहेको पनि अदालतले बताएको छ । पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका सहायक रजिस्ट्रार विमल पौडेलले विचाराधीन अवस्थामा रहेका पुराना मुद्दा र सर्वोच्च अदालत मा ५ वर्षसम्म रहेका ...
पूर्वमन्त्री शेर्पा सवार कार दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

पूर्वमन्त्री शेर्पा सवार कार दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

ताजा समाचार, देश, राजनीति, वागमती, समाचार
काठमाण्डौ । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ ।शेर्पा सवार बा २ च ९००३ कारमा आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । तीनजनाको अवस्था गम्भीर छ । पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट नदेखिएको एसपी कँडेलले जनाए । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको उनको भनाइ छ । घाइतेको थप उपचार ट्रमा सेन्टरमा हुनेछ ।उनीहरु आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा जाँदै गर्दा दुर्घटना भएको हो ।...
सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक पनि खोस्यो : एमाले सांसद भट्टराई

सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक पनि खोस्यो : एमाले सांसद भट्टराई

ताजा समाचार, देश, प्रदेश १, प्रदेश २, राजनीति, वागमती, विद्यार्थी, समाचार
असाढ २३ धनुसा । नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक खोसेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल भइसकेको र एक हिसाबले टुंगिसकेको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य अधिकार पनि खोस्ने काम गरेको आरोप लगाएका हुन्। उनले लामो समयदेखि नागरिकताबाट बञ्चित भएका नागरिकहरूको लागि नेपालको नागरिकता प्रदान गर्न लागि परे पनि सरकारले अहिले फिर्ता लिँदा नेकपा एमाले आश्चर्यमा परेको बताए। उनले नेकपा एमालेले एक किसिमले नागरिकता विधेयक पास गर्न सहयोग गर्न तयार रहेको भए पनि अर्को विधेयक ल्याउने सरकारको निर्णयलाई त्यसभित्रका कुराहरू नहेरी समर्थन नगर्ने बताए। उनले भने ‘लामो समयदेखि नागरिकताबाट बञ्चित भएका लाखौं नागरिकहरूलाई नेपालको नागरिकता प्रदान गर्नको लागि हामीले नागरिकता ...