NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

अन्तराष्ट्रिय खबर

मलेसियामा मृत्यु दण्डको सजाय सुनाइएका एक युवकलाई अब १२ वर्ष कैद मात्र

मलेसियामा मृत्यु दण्डको सजाय सुनाइएका एक युवकलाई अब १२ वर्ष कैद मात्र

अन्तराष्ट्रिय खबर
  भदौ २४ गते । जनकपुरधाम : मलेसियामा मृत्यु दण्डको सजाय सुनाइएका एक नेपाली युवाको कैदमा परिवर्तन गरिएको छ । धनुषाको साविक गोविन्दपुर वडा नम्बर २ का सुरज देव साह तेलीलाई तोकिएको मृत्यु दण्डको सजायमा अब १२ वर्ष कैदमा परिवर्तन भएको हो । कर्तव्य ज्यान मुद्दामा मलेसियाको उच्च अदालतले तेलीलाई २०२० अगस्तमा मृत्यु दण्डको सजाय सुनाएको थियो । उक्त मृत्यु दण्डको सजाय पुनरावेदनका लागि दिइएको पुनरावलोकन मुद्दामा मृत्यु दण्डलाई कैद सजायमा परिवर्तन गरिएको हो । सोही बमोजिम कैद सजाय काटेपछि तेली स्वदेश फर्किने नेपाली राजदूतावास क्वालालम्पुरले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । कर्तव्य ज्यान मुद्दामा तेली सन् २०१६ को डिसेम्बरमा पक्राउ परेका थिए । सभार-  टुडेखोज डटकम...
इमरान विरुद्ध वारेन्ट जारी, प्रहरी र न्यायपालिकालाई धम्क्याएकाे आरोप

इमरान विरुद्ध वारेन्ट जारी, प्रहरी र न्यायपालिकालाई धम्क्याएकाे आरोप

अन्तराष्ट्रिय खबर
काठमाडौं । प्रहरी र न्यायपालिकालाई धम्क्याएकाे भन्दै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध वारेन्ट जारी गरिएको छ ।अगस्ट २० मा इस्लामवादको एक र्यालीमा इमरानले महिला न्यायाधीश र प्रहरी अधिकारीलाई खुलेआम धम्की दिएको बताइएको छ । यसैबीच इमरानको पार्टी पीटीआईको कानुनी टोलीले खानलाई गिरफ्तार गर्नुअघि इस्लामवाद उच्च अदालतमा जमानतको निवेदन दर्ता गरिसकेको छ ।जियो न्युजका अनुसार निवेदनमा ‘इमरान खानको कुनै आपराधिक रेकर्ड छैन र न त उनी कहिल्यै कुनै अपराधमा दोषी ठहरिएका छन्,’ भनिएको छ । खान समर्थकले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन् । पाकिस्तान इलेकट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले इमरान खानको भाषणको प्रत्यक्ष प्रसारणमा तत्काल प्रतिबन्ध लगाएको छ । अथोरिटीका अनुसार खानले संविधानको धारा १९ को उल्लंघन गरेका छन् ।...
साहेब! म सँग दिल्लीसम्म आउने पैसा छैन, कृपया पुरस्कार हुलाकबाट पठाइदिनुहोला : साहित्यकार हल्धर नाग

साहेब! म सँग दिल्लीसम्म आउने पैसा छैन, कृपया पुरस्कार हुलाकबाट पठाइदिनुहोला : साहित्यकार हल्धर नाग

अन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, समाचार, साहित्य र मनोरञ्जन
आरती ठाकुर काठमाण्डाै । हल्धर नाग, जसको नामको अघि कहिल्यै 'श्री' लेखिएन । ३ जोडी लुगा, एकजोर भाँच्चिएका रबर चप्पल, एउटा अत्यन्तै थोत्रो चस्मा र ७३२ रुपैयाँ जम्मा पुँजीको मालिकलाई आज भारतमा पद्मश्री पुरस्कारको विजेता घोषणा गरिएको छ । उनी हुन् ओडिशाका हलधर नाग । जो कोसली भाषाका प्रसिद्ध कवि हुन् । विशेष कुरा यो हो कि उनले अहिलेसम्म लेखेका सबै कविता र २० महाकाव्यहरू सम्झन्छन् र कठस्थ पनि छन् । अब उनको रचनाको सङ्कलन ‘हलधर ग्रन्थवाली–२’ लाई सम्बलपुर विश्वविद्यालयको पाठ्यक्रमको हिस्सा बनाइने भएको छ । सादा लुगा, सेतो धोती, गम्छा र बनियान लगाएका हलधर प्रायः खाली खुट्टा नै रहन्छन् । यस्ता हीरालाई कुनै सञ्चार माध्यमले फेला पारेनन्, तर मोदी सरकारले खोज्यो र पद्मश्रीको लागि सिफारिस गर्‍यो । जब तपाइँ उडिया लोक-कवि हलधर नागको बारेमा जान्नुहुन्छ, तपाइँ प्रेरणाले भरिनुहुनेछ । हलधर एक गरिब दलित पर...
श्रीलङ्काको राष्ट्रपति निवासमै प्रवेश गरे प्रदर्शन, राष्ट्रपति राजपाक्षै  नै भागे

श्रीलङ्काको राष्ट्रपति निवासमै प्रवेश गरे प्रदर्शन, राष्ट्रपति राजपाक्षै नै भागे

अन्तराष्ट्रिय खबर, समाचार
एजेन्सी । श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजपाक्षेको निवासमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । तर राष्ट्रपति राजपाक्षै भने निवास छोडेर अन्यत्र गएका छन् । उनलाई सुरक्षित ठाउँमा सारिएको जनाइएको छ ।आर्थिक संकट बढेर चरम भोकमरी र अस्तव्यस्तको अवस्था आएपछि राजधानी कोलम्बोमा ठूलो भीड जम्मा भएको छ । उक्त ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको समाचार विवरणहरुमा जनाइएको छ । केही वर्षयता आर्थिक अभाव झेल्दै आएको श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधि लगायत अत्यावश्यक वस्तुकै अभावको सामना गरिरहेको छ । प्रदर्शनहरु दिनदिने उग्र हुँदै गएका छन् । यसै क्रममा शनिबार प्रहरीको घेरा र अवरोधहरु तोडेर प्रदर्शनकारीहरु राष्ट्रपति गोटाबयको सरकारी निवासमा प्रवेश गरेका हुन् । केही प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए । उनीहरूले राष्ट्रपतिको राजीनामा माग...
बादल फाट्दा १३ जनाको मृत्यु तीन दर्जन बेपत्ता

बादल फाट्दा १३ जनाको मृत्यु तीन दर्जन बेपत्ता

अन्तराष्ट्रिय खबर, ताजा समाचार, समाचार
काठमाण्डाै । भारत कश्मीरको अमरनाथको हिमालयी हिन्दू गुफा मन्दिर नजिकैको बादल फुटेर आएको बाढीका कारण १३ जनाको मृत्यु भएको छ र कम्तीमा तीन दर्जन बेपत्ता भएका छन् । I वार्षिक तीर्थयात्राको दौडान, दशौं हजार हिन्दूहरू हिमनदीहरू र पानीले भरिएका मार्गहरू पार गरेर गुफामा पुग्छन् जसमा भगवान शिवको भौतिक अभिव्यक्ति मानिन्छ । गुफा नजिकै बादल पड्किएपछि उद्धार कार्यले आठ जनाको शव निकालेको कश्मीरका प्रहरी प्रमुख विजय कुमारले बताए। "केही पाल र सामुदायिक भान्साको बाढीले बगाएको छ।" -रासस ...
मानव बेचविखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ

मानव बेचविखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ

अन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, मजदुर, मधेश प्रदेश, समाचार
असाढ २२ काठमाडौं । मानव बेचविखन तथा ओसारपसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला स्थायी वतन भएकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका-७ का ५२ वर्षीय भरतमणि घर्तिमगर रहेका छन् । दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये दौलतले विभिन्न प्रलोभन तथा डरत्रास देखाई पीडितलाई ललितपुर ढोलाहिटीमा जबरजस्ती करणी गरी कुवेतमा मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभन देखाई भारतको नयाँदिल्ली हुँदै २०७८ चैत १६ गते कुवेतमा घरायसी कामका लागि बिक्री गरेको र घर मालिकले समेत बन्धक बनाई जबरजस्ती करणी...
यात्रुले सुटकेसको ह्‌यान्डल नै सुनको बनाएर ल्याए पछि

यात्रुले सुटकेसको ह्‌यान्डल नै सुनको बनाएर ल्याए पछि

अन्तराष्ट्रिय खबर, देश, वागमती, समाचार
काठमाडौँ | थाइल्यान्डबाट नेपाल आएका एक यात्रुले सुटकेसको ह्‌यान्डल नै सुनको बनाएर ल्याएको पाइएको छ । शुक्रबार नेपाल एयरलाइन्समार्फत नेपाल आएका राकेश तुलाधरलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो । तुलाधरले प्रयोग गरेको सुटकेसलाई भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेस उचाल्न प्रयोग हुने ह्‌यान्डल साइडको भित्र पटिेट शंकास्पद धातु रहेको पाइएपछि सुटकेस च्यातेर हेर्दा करिव ५ इन्च लम्बाइ र १ इन्च चौडाइ भएको सुन फेला परेको हो । उक्त सुनको कुल तौल २६७.४ ग्राम रहेको बताइएको छ । घटनामा तुलाधर मात्र संलग्न छन् या अन्यको पनि संलग्नता रहेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।...
सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको  स्थलगत निरीक्षण गर्ने

सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने

अन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, राजनीति, वागमती, विद्यार्थी, समाचार
काठमाडौँ — सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित 'अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल'को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौंबाट बिहान ९ बजे प्रधानम्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा जाने तयारी छ,' गठबन्धनका एक नेताले भने । प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा जाने भएका हुन् । वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा जान लागेका हुन् ।...
राष्ट्रसंघीय निकायबाट ४ करोड ८० लाख अमेरिकी डलर सहयोग प्राप्त हुने : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंगे

राष्ट्रसंघीय निकायबाट ४ करोड ८० लाख अमेरिकी डलर सहयोग प्राप्त हुने : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंगे

अन्तराष्ट्रिय खबर, समाचार
काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंगेले राष्ट्रसंघीय निकायबाट ४ करोड ८० लाख अमेरिकी डलर सहयोग प्राप्त हुने भन्दै सर्वसाधारणलाई धैर्य गर्न आग्रह गर्नुभएको छ ।संसदलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री विक्रमासिंगेले ४ महिनाको अवधिमा राष्ट्रसंघले उक्त सहायता रकम उपलब्ध गराउने योजना रहेको बताउनु भएको छ । आगामी ३ हप्ताका लागि केही अत्यावश्यक वस्तुहरू प्राप्त गर्न कठिन हुने भन्दै उहाँले सबैलाई एकताबद्ध र धैर्यवान हुन, दुर्लभ आपूर्तिका सामग्री सकेसम्म कम प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गर्नुभएकाे छ। बिना अवरोध इन्धन, खाद्यान्न र अन्य स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न विभिन्न पक्षहरूसँग वार्ता भइरहेको उहाँको भनाइ छ । लगभग टाट पल्टिएको श्रीलंकामा खाद्यान्न, औषधि, इन्धन र खाना पकाउने ग्याँस लगायतका अत्यावश्यक वस्तुको गम्भीर अभाव भए...
सिक्किममा ‘कबड्डी ४’लाई रोक लगाउन बौद्ध धर्मगुरुको माग

सिक्किममा ‘कबड्डी ४’लाई रोक लगाउन बौद्ध धर्मगुरुको माग

अन्तराष्ट्रिय खबर, प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, समाचार, समाज, साहित्य र मनोरञ्जन
काठमाण्डौ | अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद तत्कालै रोकिने छाँटकाँट छैन । दुवै पक्षले माफी मागिसके पनि यो मुद्दा झनै चर्किने संकेत देखिएको छ ।विवाद चर्कंदै जाँदा फिल्म ‘कबड्डी ४’लाई भारतको सिक्किममा प्रदर्शन गर्न नदिन माग गरिएको छ । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्म प्रदर्शनमा रोक लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।पत्रकार सम्मेलनमा पिन्त्सोले भने, ‘यदि रिलिज भएको खण्डमा सबै लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवार हामी हुनेछैनौं ।’ उनले फिल्मलाई नहेरिदिन समेत आग्रह गरे । ‘वास्तवमा बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको छ । यस विरुद्ध सबैले आवाज उठाउनु जरुरी छ,’ उनले भने, ‘नेपालमा समेत विवाद समाधान हुनुपर्ने हाम्रो आग्रह छ ।’‘कबड्डी ४’मा दयाहाङ राईले चित्रण गरेको लामाको चरित्रले सबै लामाको आस्थ...