NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

राष्ट्रिय खबर

#Breaking कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा आजै नियुक्त गर्ने तयारी

#Breaking कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा आजै नियुक्त गर्ने तयारी

english, प्रदेश, राष्ट्रिय खबर, समाचार
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ । उनी अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ । मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा घिसिङले नियुक्त पाएका हुन् । उनी यसअघि पनि प्राधिकरणको प्रबन्धक निर्देशक थिए । तर, केपी शर्मा ओली नेतृत्वको सरकारले उनको समयावधि थप्न मानेन । घिसिङलाई प्राधिकरणमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि इच्छा देखाएका थिए । घिसिङ प्राधिकरणमा सफल कार्यकाल पूरा गरी गएका थिए । उनी निकै लोकप्रीय छन् । २०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्...
अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने भन्दै यस्तो सम्म भन्न सके हेर्नुहोस त ।

अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने भन्दै यस्तो सम्म भन्न सके हेर्नुहोस त ।

प्रदेश, राजनीति, राष्ट्रिय खबर
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् । ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन पाउँदैन’ उनले भने । प्रमुख विपक्षी दलका नेता ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गरे । सर्वोच्च अदालतले संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै संसद पुनर्स्थापना गरिदिएको थियो । त्यस्तै धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावी वैधानिक रहेको भन्दै अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमाद...
लोकसेवा आयोगको परीक्षा नरोकिने

लोकसेवा आयोगको परीक्षा नरोकिने

ताजा समाचार, राष्ट्रिय खबर, लोकप्रिय, समाचार
२५ साउन, काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले बताए । आयोगले आ.व. २०७६-०७७ र आ.व. २०७७-०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ । ...
नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार, प्रवास, बुद्धिजीवी, मजदुर, राजनीति, राष्ट्रिय खबर, लेख-बिचार, लोकप्रिय, विद्यार्थी, समाचार, साहित्य र मनोरञ्जन, सूचना-प्रविधि, स्वास्थ्य
२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च शीर्षक तय नगरी रकम ‘अवण्डा’मा राखेकाले राजनीतिक स्वार्थमा अझ बढी रकम वितरण हुने खतरा छ । आगामी वैशाखसम्ममा स्थानीय तह निर्वाचन हुने भएकाले पनि बजेटमै दल निकटका प्रतिष्ठानलाई ‘कार्यक्रम अनुदान’का रूपमा ठूलो रकम दिइएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले ‘आर्थिक तयारी’ आव २०७४/७५ बाटै थालेका हुन् । पैसा बाँड्ने विषयमा कार्यपालिका र नगरसभामा कुनै पनि जनप्रतिनिधिबाट फरक मत नसु...
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री, सांसदहरु मन्त्री बन्न नपाउने

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री, सांसदहरु मन्त्री बन्न नपाउने

खेलकुद, राष्ट्रिय खबर, लेख-बिचार
नेपालको संविधानमा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भएको मुलुक भनेर उल्लेख गरिएको छ । नेपालको सार्वभौमसत्ता, राजकीयसत्ता नेपाली जनतामा निहित छ । संवैधानिक व्यवस्था अनुरूप नेपाली जनताले यसको प्रयोग गर्नेछन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक अवस्था अहिले पनि नेपालको मुख्य विशेषता रहेको छ । नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् नेपाली जनता एक राष्ट्रमा विकसित भएका छन् । उपर्युक्त विशेषताहरूका आधारमा नेपाल राज्यको विकास भएको हो । नेपालको नयाँ राज्य व्यवस्थाको मूलभूत आधार पनि यही नै हो । नेपालको इतिहास धेरै लामो नभए पनि राज्यको उत्पत्ति आजभन्दा करीब चार हजार वर्ष पहिले गोपालवंशी कालमा भ...
आमासँगै बालबालिका पनि संक्रमित

आमासँगै बालबालिका पनि संक्रमित

राष्ट्रिय खबर, लेख-बिचार
२५ साउन, बागलुङ । साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन्। लोग्नेले घर छाडेपछि शुरु भएको महामारीले अन्ततः परिवारलाई नै सङ्क्रमित बनायो । बागलुङ नगरपालिका–१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ सङ्क्रमित भएपछि भने बालबच्चालाई हेरिदिने कोही पनि भएनन् । उपाय केही नभएपछि उनले सङ्क्रमण नभएका छोराछोरीलाई राख्न बाध्य भइन् । होम आइसोलेशनमा बसेकी ती महिलाले आफै खाना पकाएर छोराछोरीलाई खुवाउँछिन् । ‘पाँच वर्षको छोरो अरुसँग बस्नै मानेन्, आठ वर्षकी छोरी पनि मसँगै छ’,उनले भनिन्, ‘आफूलाई सङ्क्रमण पुष्टि भएपछि गाउँलेले पनि सहयोग गरेनन् । घरमा अरु कोही नभएकाले बालबालिकालाई बाध्यतावस आफैँसँग राख्नुपर्‍यो।’ एक साता अघि उनलाई सङ्क्रमण...