NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

साहित्य र मनोरञ्जन

बैशाख ७ गते युवा उत्सव दिवस मनाउदै ओली

बैशाख ७ गते युवा उत्सव दिवस मनाउदै ओली

ताजा समाचार, राष्ट्रिय खबर, वागमती, साहित्य र मनोरञ्जन
काठमाडौँ बैशाख ७ गते नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली युवा उत्सव मनाउदै छन्। ललितपुरको गोदावरीमा एमाले द्वारा युवा उत्सव मानिरहेका छन्। कार्यक्रममा युवाहरुको ज्ञान र विचार सुन्न आफुले इतिहासकै पहिलो कार्यक्रम रहेको दावी गरेका छन्। केपी ओलीले युवासँग छलफलका साथै भविष्यका बारेमा कुराकानी गर्दै छन्। ...
सलमान आउनु अघि नै बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन्

सलमान आउनु अघि नै बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन्

साहित्य र मनोरञ्जन
मिति २०७८/१२/१० काठमाण्डौ बुधवार पर्यटनमन्त्री प्रेम आलेले सलमान खानसंग त्यसबारेमा कुराकानी पनि गरेका छन् । सलमानको कार्यक्रमलाई कसरी पर्यटनसंग जोड्न सकिन्छ भनेर उनले तयारीका लागि सलमानसंग कुराकानी गरेका छन् । तर सलमान आउनु अघि सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन् । १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारीका लागि उनी नेपाल आउन लागेका हुन् । उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन् । सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ । ‘सोहेल इभेन्टसँग जोडिनु भएकाले सोहेल आएर तयारी बुझ्नु हुनेछ । हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ,’ ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने । दशरथ रंगशालामा हुने ‘दबङ रिलोडे...
मिनापका कलाकारहरु अयोध्यामा प्रस्थान : सांसद महतोले गरे बिदाइ

मिनापका कलाकारहरु अयोध्यामा प्रस्थान : सांसद महतोले गरे बिदाइ

समाचार, साहित्य र मनोरञ्जन
कार्तिक १४ गते । जनकपुरधाम : भारतको अयोध्यामा हुन गइरहेको अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागी हुन जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् (मिनाप)का कलाकारहरू आज अयोध्यातर्फ प्रस्थान गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका (लोसपा) वरिष्ठ नेता राजेन्द्र महतोले कलाकारहरुलाई मिठाइ तथा फलफुलको भार दिएर बिदाइ गरेका छन् । कलाकारहरूको बिदाइ कार्यक्रममा बोल्दै नेता महतोले नेपाल भारतको सम्बन्धलाई बलियो बनाउनका लागि कलाकारको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नेपाल भारतको संस्कृतिले नै एक अर्का देशबीचको सम्बन्धलाई बलियो बनाउने कार्य गरिरहेको जिकिर गरेका हन् । नेता महतोले राम र सीताबीचको सम्बन्ध रामायणकालीन भएकै कारण आफूहरू नेपाल र भारत बीचको सम्बन्धलाई बेटीरोटीको सम्बन्ध बताउँदै आएको र सांस्कृतिक विकास तथा आदानप्रदानबाट यसको विकास झनै हुने दावी समेत गरे । महतोले स...
वलिउडका चर्चित गायक कुमार सानु यही कार्तिक २७ गते जनकपुर आउँदै

वलिउडका चर्चित गायक कुमार सानु यही कार्तिक २७ गते जनकपुर आउँदै

प्रदेश २, समाचार, साहित्य र मनोरञ्जन
  कार्तिक ७ गते । जनकपुरधाम : वलिउडका चर्चित गायक कुमार सानु जनकपुर आउने भएको छ । यहि कार्तिक २७ गते एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गायक सानु जनकपुर आउन लागेको आयोजनकले जानकारी दिएका छन् ।जनकपुरधाम उपमहानगरपालिका मुजेलिया स्थित राजदरवार एण्ड नवरंग रिसोर्टमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा गायक सानुको एकल प्रस्तुती हुने भएको छ । ब्लुवर्ड इन्टरटेनमेन्ट एजडीले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा गायक सानु सहित भिभोर पोखरेल, सुगम पोखरेल,रोशन पराजुली र पुजा ठाकुर लगायत नेपालका कलाकारहरुको प्रस्तुती हुने आयोजकले जनाएको हो ।...
आज नागपञ्चमी पर्व घरघरमा नागको पूजा आराधना गरि मनाइँदै

आज नागपञ्चमी पर्व घरघरमा नागको पूजा आराधना गरि मनाइँदै

ताजा समाचार, राष्ट्रिय खबर, समाचार, साहित्य र मनोरञ्जन
काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र च’ट्या’ङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब...
नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार, प्रवास, बुद्धिजीवी, मजदुर, राजनीति, राष्ट्रिय खबर, लेख-बिचार, लोकप्रिय, विद्यार्थी, समाचार, साहित्य र मनोरञ्जन, सूचना-प्रविधि, स्वास्थ्य
२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च शीर्षक तय नगरी रकम ‘अवण्डा’मा राखेकाले राजनीतिक स्वार्थमा अझ बढी रकम वितरण हुने खतरा छ । आगामी वैशाखसम्ममा स्थानीय तह निर्वाचन हुने भएकाले पनि बजेटमै दल निकटका प्रतिष्ठानलाई ‘कार्यक्रम अनुदान’का रूपमा ठूलो रकम दिइएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले ‘आर्थिक तयारी’ आव २०७४/७५ बाटै थालेका हुन् । पैसा बाँड्ने विषयमा कार्यपालिका र नगरसभामा कुनै पनि जनप्रतिनिधिबाट फरक मत नसु...