NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

राष्ट्रिय खबर

यौन हिंसाविरुद्धको ऐन संशोधन गर्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले स्वीकृत

यौन हिंसाविरुद्धको ऐन संशोधन गर्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले स्वीकृत

ताजा समाचार, देश, प्रदेश १, प्रदेश २, मजदुर, मधेश प्रदेश, राष्ट्रिय खबर, वागमती, विद्यार्थी, समाचार, समाज
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले “यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरुले उठाएको प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिएका थिए । जवाफका क्रममा उनले यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका थिए । उनले हदम्यादका सम्बन्धमा आफू मन्त्री भएदेखि नै अध्ययन गर्न नेपाल कानुन आयोगलाई अनुरोध गरिएको र सो प्रतिवेदनलाई समेत मध्यनजर गर्दै हदम्यादको प्रावधानलाई आवश्यक सुधार गरिने बताए । हदम्याद बढाउँदा सकारात...
अनुगमन मूल्याङ्कन टोलीलाई महानिरीक्षक धिरज प्रताप सिंहको निर्देशन

अनुगमन मूल्याङ्कन टोलीलाई महानिरीक्षक धिरज प्रताप सिंहको निर्देशन

देश, प्रदेश २, मधेश प्रदेश, राष्ट्रिय खबर, वागमती, समाचार
काठमाडौं | प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले स्थानीय तह निर्वाचनका लागि प्रहरी कार्यालयमा विनियोजित बजेट नियमानुसार संचालन भए/नभएको अनुगमन मूल्याङ्कनका लागि खटिई जान लागेका ८ वटा अनुगमन टोलीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा निर्देशन दिनुभएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले प्रहरी कार्यालयहरूमा विनियोजित बजेट तोकिएको मापदण्ड अनुरूप संचालन भए नभएको प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिनुभयो । आर्थिक प्रशासन ऐन, नियम बमोजिम रितपूर्वक खर्चको लेखा दुरूस्त राखे नराखेको लगायतका विविध आर्थिक बिषयमा अनुगमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय तह निर्वाचन, २०७९ मा बजेट संचालन गर्ने नेपाल प्रहरीका विभिन्न कार्यालयहरूलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन/नियम तथा नेपाल प्रह...
सेनाद्धारा चार हिमालबाट ३४ हजार केजी फोहोर संकलन

सेनाद्धारा चार हिमालबाट ३४ हजार केजी फोहोर संकलन

ताजा समाचार, देश, प्रदेश १, प्रदेश २, राष्ट्रिय खबर, समाचार, समाज
काठमाडौँ — नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ अन्तर्गत सर्वोच्च शिखर सगरमाथासहित चार हिमालबाट ३३ हजार ८ सय ७७ किलो फोहोर संकलन गरेको छ । सरकारको कार्यक्रमअन्तर्गत सेनाले तेस्रो पटक विश्वका ८ हजारभन्दा अग्ला सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुबाट फोहोर संकलन गरेको हो । यस पटकको गत चैत २२ मा थालिएको अभियान जेठ २२ अर्थात् विश्व वातावरण दिवसका दिन आइतबार सकिएको छ । संकलित फोहोरमध्ये कुहिने ७ हजार २ सय २७ किलो स्थानीय गाउँपालिका तथा नकुहिने २६ हजार ६ सय ५० केजी रिसाइकल एजेन्सीलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । अभियानका दौरान कञ्चनजंघा आधार शिविरमा फेला परेका मान्छेका दुई अस्थिपञ्जर कानुनी प्रक्रियाका लागि ताप्लेजुङस्थित जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको थियो । सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले हिमाल सफाइका क्रममा सगरमाथा, ल्होत्से तथा सेनाका तर्...
एन्फा अध्यक्ष शेर्पाविरुद्ध आफ्नो चरित्र हत्या गरेको भन्दै गणेश थापाकाे उजुरी

एन्फा अध्यक्ष शेर्पाविरुद्ध आफ्नो चरित्र हत्या गरेको भन्दै गणेश थापाकाे उजुरी

देश, राष्ट्रिय खबर, समाचार
काठमाडौं । अखिल नेपाल फुटलब संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलाई वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाविरुद्ध आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएका छन् । बिहीबार थापाले राखेप सदस्य सचिवलाई कार्यलयमै भेटेर उजुरी बुझाएका हुन् । आफूविरुद्ध विभिन्न आरोप लगाएर भ्रम सृजना गरेको भन्दै थापाले उजुरी दिएका हुन् । थापाले आफूविरुद्ध लगाइएको झुटा र काल्पनिक आरोपहरूको विषयमा छानबिन हुनुपर्ने र सत्य तथ्य बाहिर सार्वजनिक गर्नुपर्ने बताएका छन् । यसअघि थापाले ललितपुरको एक रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै शेर्पाले आफूलाई लगाएको १४ आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए । त्यसलगत्तै फिफाले थापालाई चेतावनी पत्र पठाएको एन्फाले बताएको थियो । तर, थापाले भने आफूलाई चेतावनी पत्र नआएको बताउँदै आएका छन् ।...
प्रधानमन्त्री देउवा उच्चस्तरिय भ्रमणमा अमेरिकाको जाँदै

प्रधानमन्त्री देउवा उच्चस्तरिय भ्रमणमा अमेरिकाको जाँदै

अन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, प्रदेश २, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यही असारमा अमेरिको उच्चस्तरिय भ्रमण गर्ने भएका छन् । सो अनुसार प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको तयारी थालेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण असारको अन्त्यतिर हुनेछ । विषेशत नेपाल–अमेरिका सम्बन्धको ७५ वर्षको अवसरमा दुवै पक्षको सहमतिअनुसार देउवाको भ्रमण हुन लागेको हो ।प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप प्रधानसेनापति प्रभुराम शर्मा असारको पहिलो सातामै अमेरिका जानेछन् ।देउवा नेतृत्वको सरकारले आगामी प्रदेश र संघको निर्वाचन पनि चाँडै गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको भ्रमण छिटै हुन लागेको वालुवाटार स्रोतले जनाएको छ । नेपाल र अमेरिकाबीचको कुटनीतिक इतिहाँसमा राजा महेन्द्र शाहले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा), राजा वीरेन्द्र शाहले एक पटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए । त्यस्तै नेपालबाट राष्ट्र ...
मुद्दा सर्वोच्चमा, दीपक मनाङे मन्त्रीको कुर्सीमा

मुद्दा सर्वोच्चमा, दीपक मनाङे मन्त्रीको कुर्सीमा

जनजाति, ताजा समाचार, देश, प्रदेश १, प्रदेश २, मधेश प्रदेश, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं । राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर स्थगित भयो । मुद्दा स्थगित पुनरावेदकको कानुन व्यवसायीबाट भएको हो । पुनरावेदक महान्यायाधिवक्ताको कार्यालय हो । गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा उनी दोषी ठहर भइसकेका हुन् । सर्वोच्चले पनि २०७४ माघमा सोही मुद्दामा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको थियो । त्यहीबेला मनाङबाट उनी प्रदेश संसद् निर्वाचन निर्वाचित भए । निर्वाचित भएको ५ महिनामै उनी पक्राउ परे । ८ महिना कैद सजाय भुक्तान गरे । यद्यपि, जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउन...
मतगणना स्थलमा सिसीक्यामरा जडान सम्पन्न

मतगणना स्थलमा सिसीक्यामरा जडान सम्पन्न

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, राष्ट्रिय खबर, समाचार
काठमाडौं । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको जिल्ला समन्वय समितिको हलमा मतगणना गरिने भएको छ । हललाई मतगणनास्थल तयः गरी आवश्यक पूर्वाधारसहित सिसीक्यामरा जडान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो । मतगणना गर्दा जडित सिसीक्यामराको सहायताले निर्वाचन आयोगले समेत अनुगमन गर्नसक्ने व्यवस्था मिलाइएको बताइएको छ । यस्तै गोसाइँकुण्ड गाउँपालिका–१ थुमनको वडा कार्यालयमा तोकिएको मतदानलाई निर्वाचन आयोगको अनुमतिबाट नजिकैको एक धार्मिक गुम्बामा स्थानान्तरण गरिएको छ । मुख्य निर्वनचन अधिकृत नेपालका अनुसार मतदान केन्द्र तोकिएको वडा कार्यालयमा निर्वाचन अधिकृतको परामर्श एवं अनुमति बेगर भवनको तल्ला थपेर ढलान गरेको पाइएकाले नजिकै रहेको थुमनस्थित साम्वलिङ गुम्बालाई मतदान केन्द्र तोकिएको हो । यसैगरी मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिमपश्चात् आइतबारदेखि म...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चार स्थानमा सम्बोधन गर्ने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चार स्थानमा सम्बोधन गर्ने

प्रदेश १, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज विभिन्न स्थानमा चुनवी सभालाई सम्बोधन गर्न प्रदेश १ जाने भएका छन् । उनको सचिवालयले दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आज प्रदेशका ४ ठाउँका कार्यक्रमहरुमा उपस्थित हुनेछन् । अध्यक्ष ओलीले मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने जनाइएको छ । त्यस्तैगरी आइतबार ओलीले चितवनको भरतपुरमा चुनावी सभालाई सम्बोन गर्नेसमेत कार्यकतालिका रहेको जनाइएको छ । त्यसका साथै आइतबार नै उनी रुपन्देहीको बुटवल पनि जाने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेताहरुको दाैडधुप पनि बढेको छ । यसै क्रममा अध्यक्ष ओली पनि चुनावी कार्यक्रमहरूमा व्यस्त छन् ।...
अमेरिकाको आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको बौद्ध देवी तार/पार्वतीको मूर्ति नेपाल फर्काइदै

अमेरिकाको आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको बौद्ध देवी तार/पार्वतीको मूर्ति नेपाल फर्काइदै

अन्तराष्ट्रिय खबर, देश, धार्मिक, प्रदेश २, मधेश प्रदेश, राष्ट्रिय खबर, समाचार
काठमाडौं । अमेरिकाको एक विश्वविद्यालयमा रहेको नेपालको बौद्ध देवी तार/पार्वतीको मूर्ति नेपाल फर्काइने भएको छ । येल विश्वविद्यालयको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबीच सहमति भएको हो । नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येलसँगको साझेदारीमा उक्त कलाकृति फिर्ता गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आर्गिलाइट-ढुङ्गाबाट नवौं-दशौं शताब्दिमा बनेको उक्त(७०.५X३८.१X१३.०७ से.मी.) को मूर्ति येल युनिभर्सिटीमा सन् २०१५ मा एक दातामार्फत पुगेको थियो । नेपालको पुरातत्व विभाग र येल विश्वविद्यालय कला संग्रहबाट २०२१ मा गरिएका छुट्टाछुट्टै अनुसन्धानबाट यो मूर्ति २०३२ सालसम्म भक्तपुर ननगरपालिका गोलमाडी टोलस्थित वीरभद्रेश्वर महादेव ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम आतंक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम आतंक

अन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, राष्ट्रिय खबर, समाचार
काठमाडौं । बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको छ ।आज बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए ।तर शंकास्पद वस्तु नभेटिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । ‘सर्च अपरेसन सम्पन्न भएको छ, तर कुनै पनि शंकास्पद वस्तु भेटिएन,’ ठाकुरले भने । उनका अनुसार अब केहीबेरमा नियमित उडान सुरु हुन्छ ।सर्च अपरेसन नसकिन्जेलसम्म यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो । त्यहाँ यात्रुहरुको ठूलो भिड लागेको थियो । ...